Trend
बुधबार , फागुण ६, २०८२

माघ २१, २०८०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रव्यापी दबाब अभियान सिन्धुपाल्चोकको मेलम्चीबाट शुरु भएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट शुरु भएको अभियान आउँदो चैत २१ गतेसम्म चल्ने छ ।

रास्वपाले सबै प्रदेशबाट तीन/तीन वटाका दरले २१ वटा रुग्ण तथा अलपत्र पारिएका योजना छनाेट गरी त्यहाँ दबाब यात्रा गर्न लागेको जनाएको छ । मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाण्डौ दबाब यात्राको अगुवाई सांसद सोविता गौतमले गर्नुहुने छ ।

आज मेलम्चीमा भएको कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेले सरकारको गैरजिम्मेवारीले अलपत्र पारेका आयोजनाको निर्माण सम्पन्न गर्नका लागि आफूहरूको अभियान शुरु भएको बताउनुभयो । आफूहरूकाे दबाब अभियानलाई कतिपयले राजनीतिक र कुटनीतिक रङ्ग पोत्न खोजेको भन्दै सभापति लामिछानेले नागरिकको पिर र दुःखमा साथ दिँदा आक्रमण गर्नेहरू आफैँ परास्त हुने बताउनुभयो । उहाँले नागरिकको जीविकासँग राजनीति नगर्न आग्रह गर्नुभयो ।

देशको जुन ठाउँमा गए पनि भत्काएर छाड्ने तर निर्माण सम्पन्न नगर्ने रोग देखिएको भन्दै रवि लामिछानेले घुस र कमिसनभन्दा पनि नागरिकको समस्या र देशको विकासलाई ध्यानमा राखेर काम गरेको भए अहिले यस्तो अवस्था नआउने बताउनुभयो । मेलम्चीको पानी हिउँदमा काठमाण्डौ लगेर उद्घाटन गर्न नेताहरूले तँछाडमछाड गरे पनि बाढी पहिरोको समस्या समाधानमा सिन्को पनि नभाँचेको लामिछानेको आरोप छ ।

अहिले अस्थायी रूपमा मेलम्चीको पानी काठमाण्डौ आएको छ । तर बाढी पहिरोले आयोजनाको बाँध क्षेत्रमा क्षति पुर्‍याउने डरले बर्खा लाग्नेबित्तिकै बन्द गर्नुपर्ने अवस्था छ । सरकारले ७५ अर्ब रुपैयाँभन्दा धेरै रकम र २५ वर्षको समय लगाए पनि सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी स्थायी रूपमा काठमाण्डौ ल्याउन असफल भएको छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP