Trend

श्याम घिमिरे,
माघ २२ सन्धिखर्क

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पतालमा रहेका विरामीहरूलाई फलफुल वितरण गरिएको छ । स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले आज (सोमवार) बिहान एक कार्यक्रमको आयोजना गरि अस्पतालमा भर्ना भएका बिरामीहरुको पुर्ण स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण गरेहो । सो अबसरमा अस्पतालमा भर्ना भएका झण्डै ३५ जना बिरामीहरुलाई फलफुल बितरण गरिएको हो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिष्द सदस्य नरेन्द्र कुमार क्षेत्री,एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल,अस्पतालका प्रमुख डा. जगनाथ तिवारी, प्रेस चौतारीका जिल्ला इन्चार्ज हिम जिसी लेकालि,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ लगायतले बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार सहित अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP