Trend
बिहिबार , माघ २, २०८२

माघ २३, २०८०- पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरू मासिँदै जान थालेपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ । वडाध्यक्ष प्रेमनारायण बेल्बासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने सूचना जारी गरेको हो ।

बाँसले ऐतिहासिक महत्त्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले  सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान सुक्ने, सुक्खायाममा आगलागीको जोखिम हुने भएकाले वडाले बाँस हटाउने अभियान शुरु गरेको हो । वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बाँस र पानीको मुहान असर गर्ने गरी लगाइएको बाँस हटाउन सूचना जारी गरेको हाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह


TOP