
श्याम घिमिरे,
माघ २४ अर्घाखाँची
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । आफ्नो स्वर्ण जयन्तीको अबसरमा रेडक्रसले सन्धिखर्कमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको आज (बुधवार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । अर्घाखाँची जिल्लामा २०३० सालमा स्थापित नेपाल रेडक्रस सोसाइटीले स्वर्ण जयन्तीको अवसरपारी यहि माग २८ गते आइतवार सन्धिखर्कमा रहेको रेडक्रस कार्यालयको परिषर्मा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीका सभापति कुशल भुसालले जानकारी दिनुभयो । भुसालले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भई रक्तदान मार्फत जिवनदान गरी पुण्य काम गर्न सम्बन्धित सबैमा हार्दिक आव्हान समेत गनुभयो ।

२०३० साल माग २९ गते दुर्गा बहादुर शाहको नेतृत्वमा तदर्थ समितीबाट अगाडी बढेको रेडक्रसले स्वर्ण जयन्तीको अवसरमा बिबिध कार्यक्रम गरि मनाउन लागेको भुसालले बताउनुभयो । रेडक्रसले माघ २८,२९ र फागुन १ गते बिभिन्न कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउन लागेको हो ।
स्थापना दिवशको अवसरमा मेगा रक्तदान क्याम्प, रेडक्रसको तथ्य,तथ्यांक,ईतिहास सहितको स्मारिका प्रकाशन,साधारण सभा, ब्लड क्लव गठन सहित प्रमाणपत्र बितरण गर्ने कार्यक्रम रहेको सभापति भुसालले बताउनुभयो । यस पटक २ सय जनाभन्दा धेरैले रक्तदान गर्ने भुसालले बताउनु भयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष अशोक खनालले दृघकालीन अबस्थाकोलागी रक्तदान संगै ब्लड क्लव सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । लायन्स क्लव अफ अर्घाखाँचीका अध्यक्ष प्रकाश परियारले रतmदान कार्यक्रममा रेडक्रससंग सहकार्य गरेर जाने बताउनुभयो ।
रेडक्रस मन्त्री तुल्सीराम पौडेलको स्वागत मन्तब्य र कार्यालय सचिब ठाकुर अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा रेडक्रस उपाध्यष चन्द्र प्रसाद बन्जाडे, हरि केसी, कमल घिमिरे,अम्विका श्रेष्ठ,लायन्स क्लवका सचिव प्रदिप आचार्य सहित बिभिन्न मिडियाका कार्यरत पत्रकार एवं सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन ?
१८ देखी ६० बर्ष उमेर समुहका ।
शारीरिक तौल ४५ केजी भन्दा माथी भएका ।
ब्लड प्रेशर सामन्य भएका स्वस्थ्य व्यक्तिहरु ।
कस्ता व्यक्तिले रक्तदान गर्न सक्दैनन ?
जटिल खालका रोग लागेका र औषधि सेवन रहेका ।
असुरक्षित यौन व्यवहारमा लागेका ।
लागु पदार्थका दुव्र्यसनी ।
रक्तदान गर्न कति समय लाग्छ ?
रक्तदान गर्न ५ देखि ७ मिनेट लाग्छ ।
दान गरेको रगत हाम्रो शरीरमा कसरी परिपूर्ति हुन्छ ?
रगत दान गरेको केहि समय पछिनै शरीरमा हुने सामान्य प्रक्रियाबाट रगतको स्वतहःपरिपूर्ति हुनछ । त्यसकालागी बिशेष ध्यान दिनुपर्देन ।