
फागुन १- पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ । २० जना चढेको लु १ ज २३७१ नम्बरको जीप सडकबाट खसेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । source:ujyaaloonline
