
श्याम घिमिरे,
फागुन ४
गौरीशंकर इङ्लिस बोर्डिङ स्कूल सन्धिखर्कले आज शैक्षिक कला प्रदर्शनी तथा खाना महोत्सव सम्पन्न गरेको छ । विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत प्रदर्शनी तथा खाना मोहोत्सव गरिएको विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले बताउनुभयो । प्रदर्शनीमा विज्ञान, कला, समाज र वातावरण गरी चार बिधा समेटेर विद्यार्थीहरूले प्रतिभा प्रदर्शन गरेका थिए । प्रदर्शनीमा नर्सरी देखि ९कक्षा सम्मका विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका शिक्षक शिव बेल्वासेले जानकारी दिनुभयो । सोही अवसरमा कक्षा ८ का विद्यार्थीहरुले खाना मोहोत्सव पनि गरेका थिए ।
प्रदर्शनीको अबलोकन गर्न सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुली, नेपाली काँग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनाल,सनिधखर्क नगरपालीका १ नम्बर वडाअध्यक्ष माधव श्रेष्ठ, सदस्य बाबुराम पन्थी लगायतको उपस्थिति रहेको थियो ।
