Trend
बिहिबार , माघ १६, २०८२

श्याम घिमिरे
फागुन २६ सन्धिखर्क

नेपाली काँग्रेस समर्थित भुतपूर्व सैनिक संघ अर्घाखाँचीको भेला तथा अधिवेशन सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै कँंग्रेस जिल्ला सभापति केशव श्रेष्ठले इमान्दार पूर्वक कर्तव्य पालना गर्ने संस्था सैनिक संघ रहेको बताउनुभयो । उहाँले देशको सुरक्षामा बिचलित नभइ सेवा गरेका शैनिकहरु अवकास भएसंगै बाँकी जीवनलाई सामाजिक सेवामा लगाउ आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै काँग्रेस पूर्वसभापति कमलप्रसाद भुसालले अवकास पछि सामाजिक काम सँगै लोकतन्त्रलाई बलियो बनाउन भुतपूर्व सैनिकहरु कटिबद्ध भएर लागेकोमा मुक्त कष्ठले प्रशंसा गर्नुभयो । भुसालले पेन्सन बुझ्न तम्घास जानुपर्ने अबस्थालाइ समाधान गरी सन्धिखर्कबाटै पेन्सन पाउने व्यवस्थाकोलागि नेतृत्व गरेकोमा भुतपूर्व सैनिक संघलाइ धन्यवाद व्यक्त गर्नुभयो ।

अधिवेशनमा भुपु सैनिक संघका केन्द्रीय सदस्य रामबहादुर परियार, काँग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनाल, पत्रकार महासंघका उपाध्यक्ष वीरेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनले गोपालप्रसाद अर्यालको अध्यक्षतामा १५ सदस्यीय भुतपूर्व सैनिक संघ अर्घाखाँचीको गठन गरेको छ । जसको सदस्यहरुमा क्रमश : झविन्द्र खड्का, विष्णुप्रसाद श्रेष्ठ, डिलाराम श्रेष्ठ, विनाराम चुँदाली, दधिराम सुमई, फर्शुराम पाण्डे, लोकराज खनाल, दधिराम श्रेष्ठ, धनबहादुर पाण्डे, नारायणप्रसाद श्रेष्ठ र वेदुलाल खनाल चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

एमाले महाधिवेशन : २ जनाको उम्मेदवारी खारेजी, १५ जनाले उम्मेदवारी फिर्ता लिए,११ जना केन्द्रीय सदस्य सर्वसम्मत, मतदान साँझ ७ बजेदेखि सुरु हुने

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP