Trend

श्याम घिमिरे
फागुन २६ सन्धिखर्क

नेपाली काँग्रेस समर्थित भुतपूर्व सैनिक संघ अर्घाखाँचीको भेला तथा अधिवेशन सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै कँंग्रेस जिल्ला सभापति केशव श्रेष्ठले इमान्दार पूर्वक कर्तव्य पालना गर्ने संस्था सैनिक संघ रहेको बताउनुभयो । उहाँले देशको सुरक्षामा बिचलित नभइ सेवा गरेका शैनिकहरु अवकास भएसंगै बाँकी जीवनलाई सामाजिक सेवामा लगाउ आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै काँग्रेस पूर्वसभापति कमलप्रसाद भुसालले अवकास पछि सामाजिक काम सँगै लोकतन्त्रलाई बलियो बनाउन भुतपूर्व सैनिकहरु कटिबद्ध भएर लागेकोमा मुक्त कष्ठले प्रशंसा गर्नुभयो । भुसालले पेन्सन बुझ्न तम्घास जानुपर्ने अबस्थालाइ समाधान गरी सन्धिखर्कबाटै पेन्सन पाउने व्यवस्थाकोलागि नेतृत्व गरेकोमा भुतपूर्व सैनिक संघलाइ धन्यवाद व्यक्त गर्नुभयो ।

अधिवेशनमा भुपु सैनिक संघका केन्द्रीय सदस्य रामबहादुर परियार, काँग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनाल, पत्रकार महासंघका उपाध्यक्ष वीरेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनले गोपालप्रसाद अर्यालको अध्यक्षतामा १५ सदस्यीय भुतपूर्व सैनिक संघ अर्घाखाँचीको गठन गरेको छ । जसको सदस्यहरुमा क्रमश : झविन्द्र खड्का, विष्णुप्रसाद श्रेष्ठ, डिलाराम श्रेष्ठ, विनाराम चुँदाली, दधिराम सुमई, फर्शुराम पाण्डे, लोकराज खनाल, दधिराम श्रेष्ठ, धनबहादुर पाण्डे, नारायणप्रसाद श्रेष्ठ र वेदुलाल खनाल चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

एमाले सन्धिखर्क नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न

अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष रायमाझीको स्वागत तथा पदभार ग्रहण, निवर्तमान अध्यक्ष मिश्र सम्मानित

एमाले भूमिकास्थान नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न


TOP