श्याम घिमिरे
फागुन २७ अर्घाखाँची ,
सन्धिखर्कमा रहेको साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत साथी बहुउद्देश्यीय सहकारी उद्योग र बिक्री केन्द्रको भोली (फागुन २८ गते) औपचारीक रुपमा शुभारम्भ हुने भएको छ । झण्डै दुइबर्ष अगाडी स्थापना भएको संस्थाले स्थानिय रुपमा उत्पादन भएका हरेक किसीमका अर्गानिक सामानहरु खरीद पश्चायत प्याकिङगरी बिक्रिबितरण गर्दे आइरहेको छ । यससंगै संस्थाले सहकारी उद्योग समेत सञ्चालनमा ल्याए पश्चायत उद्योग र बिक्री केन्द्रको भोली एकै साथ शुभारम्भ गरिने साथी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताउनुभयो ।
सोहि कार्यक्रममै साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सन्धिखर्क सेवा केन्द्रको पनि शुभारम्भ गरिने साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो । दुबै कार्यक्रमकोलागी संस्थाले भोली फागुन २८ गते सोमवार बिहान साढे ११ बजे संस्थाको बिक्री केन्द्र रहेको भवन शान्ती नगर कार्यालयमा उपस्थित हुन सबैलाइ अनुरोध समेत गरेको छ ।