
श्याम घिमिरे
फागुन २८ अर्घाखाँची
साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत साथी बहुउद्देश्यीय सहकारी उद्योग एवं बिक्री केन्द्र र साथी बचत तथा ऋण सहकारीको सन्धिखर्क सेवा केन्द्रको आज एक कार्यक्रमका बिच औपचारीक रुपमा शुभारम्भ भएको छ । सन्धिखर्कमा रहेको उद्योग तथा बिक्री केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जिल्लामा उत्पादन भएका सामाग्री अब कहाँ लगेर बेच्ने भनेर भौतारीन नपर्ने भन्दै स्थानिय स्तरमा उत्पादन भएका अर्गानिक सामाग्रीहरु साथी बहुउद्देश्यीय सहकारी संस्थामा ल्याइ बिक्रिबितरण गर्न सबैलाइ आग्रह गर्नुभयो ।
श्रेष्ठले बिषाधी र रासायनिक मलको प्रयोगको कारण दिनप्रतिदिन व्यक्तिको स्वास्थ्य बिग्रदो अबस्थामा रहेकोले अर्गानिक खानेकुरालाई प्रयोग गर्न सुझाव समेत दिनुभयो । श्रेष्ठले पछिल्लो समय देशमा सहकारी आतंक बढीरहेको भन्दै सहकारीले शेयर सदस्यहरुको लगानीको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । बाहीरी जिल्लामा सहकारी सम्बन्धी बिभिन्न समस्या आउने गरेको भएपनि अर्घाखाँची जिल्लामा भने त्यस्ता खाले समस्या नआउनेमा आफु विस्वस्त रहेको श्रेष्ठको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सहकारीले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताउनु भयो । ढकालले साथी बहुउद्देश्यीय सहकारीले गर्नथालेको कार्यले आर्थिक समृद्धिमा टेवा पुग्ने बिस्वासपनि व्यक्त गर्नुभयो ।
जिल्ला सहकारी संघका अध्यक्ष एवं साथी बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष प्रकाश भुसालले जिल्लामा सहकारीको समग्र अबस्था संगै साथी बहुउद्देश्यीय सहकारीले गर्न लागेको सहकारी उद्योग र बिक्री केन्द्रको बारेमा प्रकाश पार्नु भयो । तिन बर्ष अगाडी स्थापना भएको संस्थाले १ करोड रुपैया भन्दा बढीको लगानीमा सञ्चालनमा ल्याएको उद्योग तथा बिक्री केन्द्रले परम्परागत लोपोन्मुख बालीनालीलाई प्रविधिको प्रयोग गरी उत्पादन तथा बिक्रिबितरण गर्ने , रासायनिक मल तथा किटनाशक औंषधिको प्रयोगलाई न्यूनीकरण गरी अर्गानिक उत्पादन गर्न जोड गर्ने र उत्पादन एवं संकलन भएका बस्तुहरुलाइ प्रशोधन पश्चायत प्याकेजिङ गरि उचित मुल्यमा बिक्री बितरण गरिने भुसालले बताउनुभयो । जिल्लाका उद्योगी व्यवसायीहरुसंग समेत हातेमालो गरी व्यवसाय सञ्चालन गरिने मुख्य उदेश्य रहेको बताउदै भुसालले उद्योगबाट उत्पादीत बस्तुलाई लेवलिङ गरी बिक्रीबितरण गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनालले साथी बहुउद्देश्यीय सहकारीले गर्न लागेको यस प्रकारको कार्य प्रसंशनिय रहेको भन्दै सफताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम साथी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता रामु केसीको स्वागत मनतब्य र धर्मराज भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि,जनप्रतिनिधिहरु,सहकारीका प्रतिनिधि,कर्मचारी पत्रकार संगै शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।