बिहिबार २१ जेठ २०८३

श्याम घिमिरे,
फागुन २८ अर्घाखाँची

सुपा देउराली मन्दिर स्थानान्तरण गर्ने हल्ला कपोकल्पीत र भ्रामक रहेको मन्दिर संरक्षण समितिले जनाएको छ । देशकै धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा प्रशारण भएपछि मन्दिर संरक्षण समितिले सोमबार पत्रकार सम्मेलन गर्दे उक्त समाचारको खण्डन गरेको हो । समितिले समाचारप्रति खेद प्रकट गर्दे सुपा देउराली मन्दिर स्थानान्तरण गर्ने कुरा सोच्नै नसकिने पष्ट समेत पारेको हो । समितिले उक्त अफवाह फैलाउने सञ्चार माध्यमलाई कारवाहीको लागि सम्बन्धित निकायलाई पत्र समेत पठाउने भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सन्धिखर्क नगरपालिका वडानं. ७ का वडाअध्यक्ष चुराबहादुर केसीले व्यक्तिगत कुरालाई लिएर मन्दिर संरक्षण समितिको आधिकारिक धारणा बिना सञ्चार माध्यममा ल्याइएको अफवाह र भ्रम प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । केसीले मन्दिर पहिलाकै स्थानमा रहने र कँही कतै सार्ने कुरा अफवाह मात्रै रहेको दाबि गर्नुभयो । केसीले सम्पूर्ण भक्तजनहरूलाई अफवाहको पछाडी नलाग्न अनुरोध समेत गर्नुभयो ।

सुपा देउराली मन्दिरमा संकलीत भेटीबाट जिल्लाका चार वटा विद्यालयमा निजिस्रोतमा अध्यापन गराउने शिक्षकहरूलाइ तलबको व्यवस्था गरिनुका साथै बिभिन्न सामाजिक काममा समेत प्रयोग गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष पर्सबहादुर केसीले बताउनुभयो । अध्यक्ष केसीले मन्दिर स्थानान्तरण गर्ने हल्ला कपोकल्पीत र भ्रामक रहेको भन्दै भ्रमको खेति नगर्न आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा सितगंगा नगरपालीका २ नम्वर वडाअध्यक्ष रामबहादुर गोर्खा क्षेत्री, मन्दिर संरक्षण समितिका सचिव हरीप्रसाद खनाल,पुर्बसचिव यादब प्रसाद घिमिरे, पत्रकार महासंघका अध्यक्ष अशोक खनाललगायतले मनतव्य राख्नुभएको थियो । हिजो मात्रै मन्दिर सार्ने हल्ला चलेपछि सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणीहरु भएका थिए । सुपा देउराली मन्दिरमा भाकल गरे मनले चिताएको पुरा हुने धार्मीक विस्वास रहेको छ ।


Last Updated on: March 11th, 2024 at 3:31 pm
१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया