Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
चैत ७ सन्धिखर्क

सन्धिखर्क नगरपालिकाले ७५ जना बुहारीहरुलाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्ष भन्दा बढी उमेरका सासु–ससुरालाई राम्रोसँग पालनपोषण गरेको भन्दै बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत उहाँहरुलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले वृद्धवृद्धालाई वृद्धाश्रममा नभइ, घरमै स्याहारसुसार गर्नुपर्छ भन्ने सन्देश दिन नगरपालीकाले असल बुहारीहरुलाई सम्मान गरेको बताउनुभयो ।

सासुससुराको स्याहारसुसार गर्दा आफूहरुलाई उहाँहरुको आशीर्वाद प्राप्त भएको असल बुहारी हरुको भनाइ रहेको छ । वडा कार्यालयले गरेको सिफारिसका आधारमा उहाँहरुलाइ सम्मान गरिएको नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुष्पा भुसालले बताउनुभयो । असल बुहारीहरुलाइ करुवा, खादा र आतेजाते भाडासहित सम्मान गरिएको भुसालको भनाइ छ ।

कार्यक्रममा कार्यपालीका सदस्य लिला भुसाल, वडा सदस्य सुन्तला श्रेष्ठ,पत्रकार प्रेमनारायण आचार्यले सम्मानित हुने सबैलाई धन्यवाद सहित शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कार्यपालीका सदस्य कृष्णा भुसाल,वडासदस्य शारदा परियार, स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP