Trend

चैत ८- अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीका वडानं. १० धरम्पानीमा बिहिवार दिउँसो लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका–९ अर्घा राजुपानी निवासी १४ वर्षीय सन्दिप बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो । मुढा बोकेर सन्धिखर्क तर्फ आउदै गरेको ट्याक्टरको आदर्श आधारभूत विद्यालयको आरोलो घुम्ती नजिकै ट्रली फुस्कदा ट्रलीमा रहेका काठका मुढाले च्यापिएर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP