Trend

चैत १९ अर्घाखाँची
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको अर्घाखाँची पर्यटन  प्रबर्द्धनअभियानको दोस्रो चरणको कार्यक्रम अनुसार स्थानिय तह हरुले सिफारिस गरेका जिल्लाका मुख्य १९ गन्तब्य मध्ये सोमवार मालारानी गाउँपालिकाका मुख्य ३ वटा गन्तब्य नरसिंहस्थान मन्दिर,मालारानी मन्दिर र तिलकुवा झरनामा पुगी स्थलगत रिपोटिङ्ग गरेको पत्रकार महासंघले जनाएको छ ।


नरसिंहस्थान मन्दिरमा एक पटक अवलोकन गर्न सवैलाई आग्रह गर्दे मालारानी ७ का वडा अध्यक्ष खड्क प्रसाद भुसालले नरसिंहस्थान सवैको आकर्षणको केन्द्रको रुपमा बिकास भएको बताउनुभयो । अध्यक्ष भुसालले पर्यटकिय र धार्मिक हिसाबले निकैनै महत्वपुर्ण र मनोकांक्षा समेत पुरा हुने धार्मिक बिस्वार रहेको उक्त मन्दिरलाई बिगत ७ बर्षदेखी व्यवस्थित गरी आन्तरिक पर्यटकहरु समेत आउन थालेका बताउनुभयो ।


मन्दिर पर्यटन पुर्वाधार समितीका उपाध्यक्ष तथा स्थानिय समाजसेबि क्याप्टेन ईन्द्र बहादु खड्काले नरसिंहस्थान मन्दिरको दिनप्रतिदिन महत्व र गरिमा वढ्दै गएकोले सवैले अवलोक गर्नुपर्नेमा जोड दिनुभयो ।


मालारानी ३ का वडाअध्यक्ष दण्डपाणी पोख्रेलले रातो गुरासँ फुलेको मनोरम दृश्यको बिचमा रहेको मालारानी मन्दिरमा दैनिक जसो पर्यटकहरु आउन थालेको र थप बिकास साथै बिस्तारका लागी पालिका लागी परिरहेको बताउनुभयो ।


मालारानि मन्दिर व्यवस्थापन समितिका पुर्ब अध्यक्ष तथा स्थानिय रोमाहर्श खनालले लामो समयको प्रयास पछी मालारानीको महत्व बढेको भन्दै यसको बिकासका लागी सवै लाग्नु पर्ने बताउनुभयो ।

सुर्य मावि गोखुङ्गाका शिक्षक रामकृष्ण घिमिरेले मालारानी गाउँपालीकाको चिनारीकोलागी स्थानिय पाठ्यक्रम अनुसार हाम्रो मालारानी पुस्तक प्रकाशन गरी पालीकालाइ चिनाउने बिभिन्न धार्मिक एवं पर्यटकिय स्थलहरुको बारेमा अगवग गराइने भन्दै यो प्रकारको अभियानमा सबैको सहयोग चाहिनेमा जोड दिनुभयो ।


प्रकृतिको अनुपम उपहारको रुपमा रहेको मालारानी २ को झरना साच्चै नै महनमोहक र पर्यटकलाई लोभ्याउने खालको देखिन्छ जहाँ दैनिक जसो आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् । तिलकुवा झरना जिल्लाको मात्र नभई देशकै महत्वपुर्ण पर्यटकिय गन्तब्यको रुपमा बिकास भएको र झरना हेर्न र अवलोकन गर्न जिल्ला भित्र र बाहिर बिदेश बाट समेत आउने गरेको वडानं. २ का अध्यक्ष योगेन्द्रनाथ भुसालले बताउनुभयो ।


बिगतदेखीको लामो प्रयास पछी तिलकुवा झरनाको धेरै प्रगती र आकर्षण वढ्दै गएको पुर्व जनप्रतिनिधी टामलाल पाण्डेको भनाइ छ ।

आर्थिक बिकास,पर्यटन प्रबर्द्धन र स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान संचालन गरि नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन भई अभियान बिभिन्न प्रचारात्मक कार्यक्रम मार्फत अगाडी बढेको अभियानका प्रवक्ता हृदय भुसालले बताउनुभयो । पत्रकार महासंघले यसरी जिल्लाका प्रमुख पर्यटकिय गन्तव्यमा पुगी रिपोटिङ्ग गर्ने कार्यक्रम अनुसार (भोली चैत २० गते ) भुमिकास्थान नगरपालीकाका बिभिन्न स्थलहरुमा पुग्ने पत्रकार महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP