बिहिबार ३१ बैशाख २०८३

श्याम घिमिरे,
चैत्र २० अर्घाखाँची

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले सहकारीले शेयर सदस्यको भावना अनुसार काम गर्नुपर्ने बताउनु भएकोछ । त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क – २ ले मंगलवार आयोजना गरेको ६७ औं राष्ट्रिय सहकारी दिवस तथा २०८१ सालको भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले सबै सहकारीहरुले शेयर सदस्यको भावना अनुसार काम गर्नुपर्ने भन्दै जिल्लामा आर्थिक तथा सामाजिक विकासमा सहकारीले पु¥याएको भुमिकाको प्रशंसा समेत गर्नुभयो ।

पछिल्लो समय सहकारीको सन्र्दभमा केहि प्रश्नहरु उठेको बताउदै कोइरालाले राष्ट्रको अर्थतन्त्रको खम्वाको रुपमा हेरीएको सहकारी तुलनात्मक रुपमा अपवित्र बन्न खोजे दुर्भाग्य हुने बताउनुभयो । कोइरालाले जिल्लामा रहेका सहकारी त्यस्तो अपवादका चिठ्ठा नपरुन भन्दै शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्घाखाँची जिल्ला बचत संघका अध्यक्ष दोर्ण भुसाल, जिल्ला सहकारी संघका उपाध्यक्ष जानका बन्जाडे, सन्धिखर्क २ का वडाअध्यक्ष मोतिजंग रायमाझीलगायतले शुभकामना मनतव्य राख्दै सहकारीहरुले रचनात्मक काम गर्ने बातावरण सिर्जना गर्ने तर्फ ध्यान दिन सुझाव दिनुभयो ।

संस्थाका उपाध्यक्ष यमकला बन्जाडेको अध्यक्षता,कोषाध्यक्ष टोपलाल खनालको स्वागत मनतब्य र शिव बेल्वासेकोे सञ्चालनमा सम्पन्न भएकोे संस्थाका व्यवस्थापक तुल्सी खनालले जानकारी दिनुभयो ।

यसैबिच ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा डोलेश्वर बहूद्देश्यीय सहकारी संस्था लिमिटेड अर्घाखाँचीको आयोजनामा अर्घाखाँची अस्पतालमा रहेका बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरीएको सहकारीका व्यवस्थापक दिपक केसीले जानकारी दिनुभयो ।  


Last Updated on: April 2nd, 2024 at 2:22 pm
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया