
चैत २८ बुटवल
बुटवलमा पहिलो पटक कलेजोको बायोस्पी चेकजाचँको सुरुवात भएको छ । बुटवलमा रहेको ग्यास्ट्रो सेन्टरले ६० बर्षिय महिलाको कलेजोको बायोस्पी चेकजाचँ गरी सेवाको सुरुवात गरेको कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डा. मोहन भुसालले जानकारी दिनुभयो ।

कलेजोको अवस्था बारे पत्ता लगाउने विश्वसनिय जाचँ कलेजोको बायोस्पी जाचँबाट बिरामिको कलेजोको अवस्था, क्यान्सरलगायत अन्य समस्या भए नभएको बारेमा पत्ता लगाउन सकिने भुसालले बताउनुभयो । फाइब्रोस्क्यान पछि समस्या ग्रस्त कलेजोका बिरामिको अवस्थाको पहिचान गर्न यस अघि यस क्षेत्रका बिरामिलाई राजधानी लगायतका ठाउमा जानुपर्ने बाध्यता रहेको थियो । यस प्रकारको सेवा सुरुवात संगै अब राजधानी लगायत अन्य ठाँउमा जानुपर्ने बाध्यताको अन्त्य भएको ग्यास्ट्रो सेन्टरले जनाएक छ ।
कलेजोको बायोस्पी चेकजाचँ जाँच ग्यास्ट्रो सेन्टर बुटवलमा कार्यरत विशेषज्ञ डा. विष्णु पौडेल, डा. सुदिप थापा, पेट, कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डा. मोहन भुसाल र डा. सबिर कुमार श्रेष्ठको टिमले गर्न सफल भएको सेन्टरले जनाएको छ । यो सुबिधा संगै ग्यास्ट्रो सेन्टर बुटवलमा पेट कलेजो आन्द्रा तथा प्यान्क्रियाज सम्बन्धि सम्पुर्ण रोगको जाचँ गरिने डा. मोहन भुसालले बताउनभयो ।