Trend

श्याम घिमिरे,
बैशाख ७ अर्घाखाँची

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले आफ्नो स्थापना दिवसको अबसरमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिका २, चुत्राबेसीमा रहेको भगवती माध्यमिक बिद्यालय कुर शंखेटारीमा स्थापना गरिएको अक्षयकोषको रकमको व्याजबाट कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाइ नगद सहित प्रमाणपत्र प्रदान गरिएको संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो ।

संगठनको ३३ औं स्थापना दिवसको अवसरपारी गतवर्ष स्थापना गरेको ५० हजार एकसय एक रुपैया अक्षयकोषको व्याजबाट कक्षा १२ मा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार छात्राहरु आकृति भुसाल र वर्षा रायमाझीलाइ क्रमश : तिनहजार र दुईहजार रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको भण्डारीले  बताउनुभयो ।

कार्यक्रममा मनतब्य राख्दै बिद्यायलय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर भुसालले बिद्यालयमा अक्षयकोष स्थापना गरिदिएकोमा संगठनलाइ धन्यवाद दिदै कोषको व्याजले बिद्यायलयमा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक वृद्धिविकासमा टेवा पुग्ने बताउनुभयो ।

संगठनका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिलिप केसीले आगामी दिनहरुमापनि संगठनले यस्ता खाले रचनात्मक गतिविधिहरु नियमित रुपमा अगाडी बढाउने बताउनुभयो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक धुब्र केसी, पत्रकार महासंघ प्रदेश सदस्य प्रेमनारायण आचार्यलगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

संगठनका जिल्ला अध्यक्ष गणेश भन्डारीको अध्यक्षता र सचिब पशुपति खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष तुलसा श्रेष्ठ,कोषाध्यक्ष विशाल महत,केन्द्रिय पार्षद सदस्य लालमणी खनाल,पत्रकार श्याम घिमिरे,अनिल नेपाली लगायत बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाइ कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुले उज्ज्वल भविश्यको कामना सहित बिदाइ कार्यक्रम समेत सम्पन्न गरेको बिद्यालयका शिक्षक शोभाखर पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

छड्के नजर : (शार्दुलविक्रीडित छन्द)

नौली बुहारी – (इन्द्रवज्रा छन्द)

अर्घाखाँची व्यापार संघको अध्यक्षमा योगेन्द्र खड्का निर्वाचित

साथी सहकारीको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रको आयोजनामा एचआईभी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पीडाभित्रको पीडा : (शिखरिणी छन्द)


TOP