Trend

श्याम घिमिरे,
बैशाख १९ अर्घाखाँची
आज मे १ तारिख अर्थात एक सय ३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । दिवसको अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भातृ संगठन अखिल नेपाल टेड्र युनियन महासंघ अर्घाखाँचीले अर्घाखाँची अस्पतालमा भर्ना भइ उपचारार्थ रहेका बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण गरेर मनाएको छ । फलफुल बितरण पश्चायत सम्पन्न कार्यक्रममा टेड्र युनियन नेता योगेन्द्र चौहानले आफ्नो संगठन जहिले पनि श्रमिकहरुको पक्षमा रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै अर्घाखाँची अस्पतालका प्रमुख डा जगनाथ तिवारीले टेड्र युनियन महासंघले गरेको कार्यप्रति धन्यवाद सहित आभार प्रकट गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासघंका पुर्ब अध्यक्ष हिम बहादुर जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्नभएको थियो । यसबर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ एक सय ३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

सन्धिखर्क एफएमलाई शुभकामना


TOP