
श्याम घिमिरे
बैशाख २९ सन्धिखर्क
त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमटेड सन्धिखर्क २ चुत्राबेसीले आफ्ना शेयर सदस्यहरुलाई एक दिने सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सनिवार सन्धिखर्कमा सम्पन्न गरेको छ । सहकारीले अवलम्वन गर्ने सात सिद्धान्तहरू मध्ये शिक्षा,तालिम र सूचना सम्बन्धि सिद्धान्तलाई आत्मसाथ गर्दे सहकारीले साक्षरता कार्यक्रमको आयोजना गरेको संस्थाका व्यवस्थापक तुल्सीराम खनालले बताउनुभयो ।

करीब एकसय जना शेयर सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा सहकारीको परिचय, ईतिहास, महत्व, सहकारीको आवश्यकता यसको प्रकृति,सहकारीको कार्यक्षेत्र, सदस्यहरुको काम कर्तव्य र अधिकार , सदस्यहरुको भुमिका, संस्थाको बर्तमान अवस्था, नीतिनियम, गुनासो तालिम, सुझाव संकलनलगायतका बिषयबस्तुलाई समेटिएर तालिम सञ्चालन गरीएको संस्थाका सदस्य तथा शिक्षा उपसमितिका सदस्य रामलाल भुसालले जानकारी दिनुभयो । संस्थाका सचिव नारायण प्रसाद भुसाल र व्यवस्थापक तुल्सीराम खनालले बिषयबस्तुमाथी प्रकाश पार्नु भएको कार्यक्रम संस्थाका उपाध्यक्ष यमकला बन्जाडेको अध्यक्षता,कोषाध्यक्ष टोपलाल खनालको स्वागत मनतव्य र रामलाल भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
२०६८ सालमा स्थापित संस्थामा हाल १ हजार ५५ जना शेयर सदस्य संगै २ सय ५५ जना बाल बचतमा आबद्ध रहेको व्यवस्थापक खनालले बताउनुभयो । करिब १८ करोडको कुल पँुजी रहेको सहकारीमा ११ करोड भन्दा माथी ऋण लगानी , ११ करोड ६४ लाख बचत र ३ करोड ५८ लाख रुपैयाको शेयर पँुजि रहेको खनालले जानकारी दिनुभयोे । १ करोड ६ लाख रुपैया जगेडा कोष रहेको संस्थाले ९.३ प्रतिशत लाभांस रकम बितरण गरेको संस्थाले जनाएको छ । संस्थाले बिभिन्न सामाजीक कार्यसंगै सचेतनामुलक गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको छ ।