
श्याम घिमिरे
जेठ २८ अर्घाखाँची
एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः पिताम्बर भुसाल र सचिवमा तोजबहादुर रायमाझी सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमालेको नवौँ जिल्ला अधिवेशनबाट भुसाल र रायमाझी दोस्रो कार्यकालकालागी सर्बसहमत अध्यक्ष र सचिवमा निर्वाचित हुनुभएको हो ।
यसैगरी उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको थियो । जसमा शम्भुप्रसाद पोखरेल निर्वाचित हुनुभएको हो । पोखरेलले तीन सय २४ मत प्राप्तगर्दा गैरेले भने एक सय ९९ मत पाउनुभएको थियो । उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसालको उम्मेदवारी परेको थियो । जसमा खगेश्वर पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले तीन सय १४ र भुसालले एक सय ८९ मत प्राप्त गर्नुभएको हो ।

यस्तै महिला उपसचिवमा शिवकला विक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको थियो । जसमा शिवकला विक तीन सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । भाटले एक सय ४९ मत प्राप्त गर्नभएको निर्वाचन समितिका संयोजक केबि भुसालले बताउनुभयो । अधिवेशनमा पालिका प्रतिनिधि र आयोजक गरी पाँच सय ६२ जना प्रतिनिधिमध्ये पाँच सय ३२ प्रतिनिधि मतदानमा सहभागी भएका थिए । अधिवेशनको सनिवार एमाले केन्द्रिय सचिव पद्यमा अर्यालले उद्घाटन गर्नुभएको थियो ।