Trend

श्याम घिमिरे,
असार ९ अर्घाखाँची

देउराली यातायात अर्घाखाँची प्रालिको दोस्रो साधारणसभा तथा अधिवेसन आइतवार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेसनले गोबिन्द प्रसाद बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समितिको निर्विरोध निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा अशोक कुमार भुसाल, प्रेम प्रकाश पाण्डे, गंगा घिमिरे, प्रकाश पि.सी, बलराम भुसाल, कृष्ण प्रसाद बन्जाडे, मोहन ब्रिकम जिसी, देबिराम बेल्वासे, बामदेव गैरे, सुदीप रायमाझी, महेन्द्र बन्जाडे, प्रकाश पौडेल, नारायण श्रेष्ठ र रमेश श्रेष्ठ चयन हुनुभएको छ । नव निर्वाचित समितिका अध्यक्ष तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण पनि आइतवारनै सम्पन्न भएको छ ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक कुलचन्द्र खनाल, सदस्य कृष्ण प्रसाद खनाल, शोभाखर पन्थी, अध्यक्ष मण्डलका संयोजक युवराज खत्री, सदस्य काजी श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा नव निर्वाचित अध्यक्ष बन्जाडेले आफुहरुले कुरा भन्दापनि काम गरेर देखाउने भन्दै सस्थालाइ थप व्यवस्थित गरेर अगाडी बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । गत बैशाख २१ गते उद्घाटन भएको अधिवेशन सञ्चालक समिति गठनमा सर्वसहमति जुटाउने भन्दै स्थगित गरिएको थियो । अधिवेशनको लुम्विनि प्रदेशका मन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

संस्थाले कोभिड १९ र लकडाउनका कारण मारमा परेका देउराली यातयात अर्घाखाँची प्रालिका गाडी धनि,चालक,सहचालक र कर्मचारीलाई ७० लाख भन्दा धेरै रकम बितरण गरेको थियो भने, जिल्लाका ६ वटै स्थानिय तहहरुलाई कोरोना बिरुद्धको लडाईमा सहयोग पुगोस भन्ने हेतुले ६ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको थियो । गाडि धनिहरुलाइ बोनस सहित राहत र बिभिन्न सुविधाहरु वितरण गरेको सस्थाले सन्धिखर्कमा एकदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुको अलवा ट्राफिक सचेतना सम्बन्धी विविध कार्यहरु समेत सञ्चालन गर्दे आइरहेको छ ।

२०६१ सालमा स्थापना भई छोटो समयमा शहर देखी गाँउका कुनाकन्दाराहरुमा आफ्नो सेबा बिस्तार गरेको प्रालिमा हाल १०७ वटा सवारी जिप र ४६ हाईस गाडी गरी १ सय ५३ वटा सभारी साधनले सेबा सुविधा दिई रहेको संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

छड्के नजर : (शार्दुलविक्रीडित छन्द)

नौली बुहारी – (इन्द्रवज्रा छन्द)

अर्घाखाँची व्यापार संघको अध्यक्षमा योगेन्द्र खड्का निर्वाचित

मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रको आयोजनामा एचआईभी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साथी सहकारीको १२ औं वार्षिक साधारण सभा सम्पन्न

पीडाभित्रको पीडा : (शिखरिणी छन्द)


TOP