Trend

श्याम घिमिरे,
असार २२ सन्धिखर्क

त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २,को आयोजनामा स्वास्थ्य सचेतना, योग तथा मेडिटेशन कार्यक्रम सनिवार अर्घाखाँची आवासिय माबि बेलबाटीकामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दे सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले आफ्नो स्वास्थ्यलाइ बलियो र मजबुद बनाउन खानपानमा विषेश ध्यान दिनुपर्ने बताउनुभयो । श्रेष्ठले आधुनिक जिवनशैली,आहारविहार र विग्रदो स्वास्थ्यलाइ सबल बनाउन योग ध्यान र मेडिटेशनमा लाग्न सबैलाइ आग्रहपनि गर्नुभयो ।

फरक प्रशंगमा श्रेष्ठले सहकारीले आर्थिक क्रियाकलापलाई मात्र सिमित नगरी सामाजिक एवं सचेतनामुलक कार्यहरु गरीरहेको भन्दै सहकारीको प्रशंसा गर्नुभयो । श्रेष्ठले सहकारीको माध्यमबाट अगाडी बढेमा देश बिकासमा ठुलो टेवा पुग्ने बताउदै सन्धिखर्क नगरपालीका सहकारीसंग हातेमालोगरी अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

झण्डै एकसय जना शेयर सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा न्यूरोथेरापिष्ट,न्यूट्रिशन,कन्सल्टेन्ट एवं मोटिभेशन ट्रेनर श्रीकृष्ण रिजालले आफ्नो स्वास्थ्थ र खानपानलाई आफै चिनौं ,आफ्नो शरीरको डाक्टर आफै बनौं , आधुनिक जिवनशैली,आहारविहार र विग्रदो स्वास्थ्यकोलागि योग ध्यान र पोषणमा बिशेष ध्यान दिऊँ, भन्ने मुख्य बिषयमा सहजिकरण गर्नुभएको थियो । यसरी स्वास्थ्य सचेतना, योग तथा मेडिटेशन सम्वन्धि ज्ञानगुनका कुराहरु जान्न पाउँदा आफुहरु धेरै खुखि भएको कार्यक्रममा सहभागी कृष्ण प्रसाद खनालको भनाइ रहेको छ ।

सहकारीले सामाजिक क्षेत्रमा गर्दे आइरहेको कार्यलाइ निरन्तरता दिदै समुदायप्रतिको चासो र जनस्वास्थ्य शिक्षासंग सम्बन्धित विषयमा केन्द्रित रहेर यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको संस्थाका व्यवस्थापक तुल्सी खनालले बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता र सचिव नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

छड्के नजर : (शार्दुलविक्रीडित छन्द)

नौली बुहारी – (इन्द्रवज्रा छन्द)

अर्घाखाँची व्यापार संघको अध्यक्षमा योगेन्द्र खड्का निर्वाचित

साथी सहकारीको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रको आयोजनामा एचआईभी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पीडाभित्रको पीडा : (शिखरिणी छन्द)


TOP