
श्याम घिमिरे
भदौ,७ अर्घाखाँची
सन्धिखर्क नगरपालीका ८ किमडाँडामा रहेको नवज्योति आधारभुत विद्यालयको पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रम बिहिवार सम्पन्न भएको भएको छ । कार्यक्रमको सन्धिखर्क नगरपालीका ८ का वडाअध्यक्ष हुमप्रसाद बन्जाडेले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष बन्जाडेले बिद्यालयहरुले बालबालीकाहरुलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । बन्जाडेले शिक्षक बिद्यार्थी र अभिभाबक बिचको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा मात्रै शिक्षामा आमुल परीबर्तन गर्न सकिने बताउनु भयो ।
बिद्यालय व्यवस्थापन समितिका का.वा अध्यक्ष कमल कुवँरको अध्यक्षता,शिक्षिका सिता खत्रीको स्वागत मनतव्य र प्रअ रेखा खत्रिको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनता कृष्ण माबिका प्रअ यम प्रसाद शर्मा, सन्धिखर्क नगर कार्यपालीका सदस्य कृष्णा भुसाल, स्थानिय सामाजिक व्यक्तित्वहरु सुमन केसि, मित्र बहादुर शाही, कुल बहादुर खत्रीलगायतले शुभकामना मनतव्य राख्नु भएको थियो ।

कार्यक्रममा हुम बहादुर सुशिला बस्याल अक्षयकोषबाट विभिन्न बिधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित पुरस्कार वितरण गरिएको थियो ।
यसैबिच स्थानिय युवा व्यवसायी एवं सामाजिक व्यक्तित्व सुमन केसी तथा श्रीमति रेखा खत्रीका छोरा सम्राट केसीकाे जन्मदिनको अवसरमा सोही बिद्यालयमा कक्षा १ देखि ३ कक्षासम्म अध्ययनरत २१ जना छात्रछात्राहरुकालाई ट्रयाकसुट (कपडा) बितरण गरिएको बिद्यालयले जनाएको छ ।
ट्रयाकसुट बितरण कार्यक्रममा बोल्दै सम्राट केसीका बुवा सुमन केसीले जन्मदिनमा फजुलखर्च गर्नुभन्दा पवित्र कार्यमा खर्चगर्न उपयुक्त भएको भन्दै थोरै भएपनि सहयोग गर्न पाएकोमा खुःसी व्यक्त गर्नुभयो । केसी बिभिन्न सामाजीक संघसंस्थाहरुमा पनि आबद्ध हुुनहुन्छ । कार्यक्रममा रचना देवी खत्रीले साउड सिस्टम सौजन्य गर्नुभएको बताइएको छ ।