
श्याम घिमिरे
२०८१ फागुन २३ अर्घाखाँची–
सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्क–२, चुत्राबेसीको १९ औं वार्षिकोत्सब ,अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह आज (सुक्रवार) सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णुप्रसाद बेल्वासेले सरस्वतिको फोटामा माल्यापर्ण संगै दिप प्रज्ज्वलनगरी उद्घाटन गनुभयो हो । उद्घाटन कार्यक्रममा मनतव्य राख्दै बेल्वासेले संस्कार,प्रविधि र व्यवहारीक शिक्षा आजको आवश्यकता भएको बताउनु भयो । बालबालीकाहरुलाइ संस्कार,प्रविधि र व्यवहारीक शिक्षा दिन सकेमात्र समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताउदै उहाँले छोटो समयमा बिद्यालयले उत्कृष्ट कार्य गरेको भन्दै मुक्तकण्ठले प्रशंसा समेत गर्नुभयो ।
सन्धिखर्क नगरपालीका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मन्जु आचार्यले शिक्षक विद्यार्थी र अभिभाबकको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा मात्रै शिक्षामा आमुल परीवर्तन गर्न सकिने बताउनुभयो । आचार्यले हरेक गतिबिधिमा बिद्यालयले उत्कृष्टता हासील गरेकोमा बिद्यालय परीबारलाई बधाई सहित धन्यवाद ज्ञापन गर्नुभयो । आचार्यले नगरका सबै बिद्यालयहरुको बिकासमा नगरपालीकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

बिद्यालय व्यस्थापन समिति अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, शिक्षक बिशाल खनालको स्वागत मनतव्य र सहायक प्रिन्सिपल नारायण भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कमल प्रसाद घिमिरे, बिद्यालयका कम्पनी रजिष्टर अध्यक्ष हुमा बन्जाडे,बिद्यालय व्यवस्थापन समितिका पुर्ब अध्यक्ष नेत्रप्रसाद भुसाल,अर्घाखाँची आबाशिय माबिका प्रिन्सिपल चोपनारायण बन्जाडे, पत्रकार श्याम घिमिरे,बिद्यार्थीद्धय आशिका खड्का र विपुल भट्टराइलगायतले शुभकामना मनतब्य राख्दै बिद्यालयको उज्वल भबिश्यको कामना ब्यक्त गर्नु भयो ।
प्रिन्सिपल टेकबहादुर थापाले बिद्यालयकाको वार्षिक प्रतिबेदन पेस गर्नु भएको कार्यक्रममा शैक्षिक सत्र २०८० मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने छात्रछात्राहरुसंगै वार्षिकोत्सवको अबसरमा आयोजित अभिभावकहरुबिच भएको मैत्रिपुर्ण खेलमा बिजयी हुने टिमलाई पुरस्कार बितरण समेत गरीएको थियो । कार्यक्रममा बिद्यार्थीसंगै शिक्षक शिक्षिकाहरुले गित तथा नृत्य प्रस्तुत गरी उपस्थित सबैलाइ मनोरञ्जन प्रदान गराउनु भएको थियो । यस्तै कार्यक्रममा बिद्यालयमा सबैभन्दा धेरै उपस्थित हुने र लामो समयसम्म अध्यापन गराउने शिक्षिकाद्धय मिना पुन र मधु खत्रीलाइ नगद सहित प्रमाणपत्रबाट सम्मान गरीएको थियो ।
२०६३ सालमा स्थापित बिद्यालयमा हाल ११ सय भन्दा धेरै बिद्यार्थी अध्ययनरत रहेका छन भने ५० जना शिक्षक शिक्षिकाहरु कार्यरत रहेको बिद्यालयका सहायक प्रिन्सिपल नारायण भुसालले बताउनुभयो । बिद्यालयमा अहिले प्रि–मन्टेश्वरी कक्षा देखि १० कक्षा सम्म अध्यापन भइरहेको छ ।