Trend
शुक्रबार , असार २७, २०८२

श्याम घिमिरे
अर्घाखाँची, ६ चैत्र ।

भोलीबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा एसईईमा अर्घाखाँची जिल्लाबाट तिन हजार बढी विद्यार्थी सहभागी हुने भएको छन् । जिल्लाका ६ वटै पालिकाका सामुदायीक ७६ र संस्थागत ८ गरि ८४ बिद्यालयका ३ हजार २ सय ८० जना विद्यार्थी एसईई परिक्षामा सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय एकाई अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेल्वासेले जानकारी दिनुभयो ।

एकाई प्रमुख बेल्वासेका अनुसार अर्घाखाँचीमा यस वर्ष १६ वटा परिक्षा केन्द्रबाट २ हजार ४ सय ८० नियमित, २०८० सालका ७ सय ८२ र ०७८। ०७९ का १८ गरि जम्मा ८ सय ग्रेडबृद्धि गरि जम्मा ३ हजार २ सय ८० जना विद्यार्थीले एसईई दिने भएका हुन । जसमा छात्रा १ हजार ६ सय २० र छात्र १ हजार ६ सय ६० रहेका छन ।

यसैबिच एसईईको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जसको लागि परिक्षा केन्द्र, केन्द्राध्यक्ष तोकिसकिएको छ, भने उत्तर पुस्तिका सबै परिक्षा केन्द्रहरुमा पुगी सकेको छ । यस्तै आज दिउँसो सम्ममा प्रश्न पत्र समेत पुग्ने एकाई प्रमुख बेल्वासेले जानकारी दिनुभयो ।

यस वर्षको एसईई चैत ७ गतेदेखि शुरू भएर १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, त्यही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP