Trend
बिहिबार , असार २६, २०८२

श्याम घिमिरे
२०८१ चैत २८ सन्धिखर्क

अर्घाखाँची आवासीय माध्यमिक विद्यालय सन्धिखर्क २ बेलबाटीकाको शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । अभिभावक सहित सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा बिधालयको बर्तमान अबस्था र आगामी कार्यक्रमको बारे समेत जानकारी गराइएको थियो । विद्यालयको चालू शैक्षिक सत्रमा शैक्षिक उपलब्धिमा ५ प्रतिशत भन्दा बढी अभिवृद्धी भएको तथ्यांकले देखाएको नतिजाको विश्लेषणात्मक रिपोर्ट प्रस्तुत गर्दै विद्यालयका प्रवन्ध निर्देशक श्रीकृष्ण भुसालले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर राउतको अध्यक्षता, अर्घाखाँची शैक्षिक गुठीका अध्यक्ष राम बहादुर रायमाझीको प्रमुख आतिथ्यता, प्रिन्सिपल चोपनारायण बन्जाडेको स्वागत मन्तब्य र वरिष्ट शिक्षक ध्रुव आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षा प्रथम, द्वितीय र तृतीय तथा कक्षागत रुपमा सबैभन्दा बढी उपस्थिति, अनुशाशन, विद्यालय पोशाक तथा सरसफाई लगायतका विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने छात्रछात्रालाई पुरस्कृत गर्नुका साथै सम्मान समेत गरिएको थियो ।

सम्मान तर्फ कक्षा १० मा अध्ययनरत क्षितिज पुनले एचष्मभ या द्यभदिबतष्पब तथा कक्षा ८ मा अध्ययनरत छात्रा शिक्षा के. सी. ले क्तगमभलत या तजभ थभबच उपाधि प्राप्त गरेका छन ।

यसैबिच सोही कार्यक्रममा दिवगंत संस्थापक तथा समाजसेवी फर्सुराम पराजुलीको स्मृतिमा उहाँका सुपुत्र तथा विद्यालयका प्रवर्धक दीपक पराजुलीले क्तगमभलत या तजभ थभबच उपाधि प्राप्त गर्ने विद्यार्थीलाई आकर्षक पुरस्कार सौजन्य गर्नुभएको थियो । प्रवर्धक पराजुलीले अर्घाखाँची आवासीय माध्यमिक विद्यालय र सन्धिखर्क इङ्गलिस बोर्डिङ्ग स्कुलका उक्त उपाधि प्राप्त गर्ने सर्वोकृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष पुरस्कार सौजन्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा कक्षा ८ की विद्यार्थी शिक्षा के सी, अभिभावक शिद्धि भट्टराई, संस्थापक तथा पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक बाबुराम शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

गजल

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

प्युठानकाे जस्पुर बजारमा सुविधा सम्पन्न ‘त्रिदेव प्यालेस’ संचालन

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

त्रिवेणी बाल समुह गठन,अध्यक्षमा मोनिक खनाल चयन


TOP