Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे
बैशाख २९ अर्घाखाँची

नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा मालारानी गाउँपालीका वडानं. ९ गोखुङ्गामा एकदिने निःशुल्क मुटु परिक्षण शिविर सोमवार सम्पन्न भएको छ । पछिल्लो समय मानिसमा विभिन्न किसिमका नसर्ने रोग संगै मुटुमा पनि समस्या हुने गरेको पाईएको र शरिरको सबैभन्दा महत्वपूर्ण अंग मुटुमा समेत विभिन्न समस्या देखा परेकोले मुटु परिक्षण शिविर सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो । शिविरमा १२ देखि ८० बर्ष उमेर समुहका १ सय ५० व्यक्तिले सेवा लिनुभएको हो । शिविरमा ४० जनाको ईसिजि र १२० जनाको सुगर परिक्षण संगै निशुल्क औषधि बितरण गरीएको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

वरीष्ठ मुटु रोग बिशेषज्ञ डा. प्रदिपजंग केसी र एमडिजिपि  डा. अशोक कुमार शाहबाट चेकजाँच गरिएको शिविरमा ४ जनाको मुटुको भल्वको गडबडी, मुटु सुन्नेको र मुटुको चालको गडबडी संगै ३१ जनामा उच्च रक्तचापको समस्या देखिएको डाक्टरद्धय केसी र शाहले बताउनुभयो । नियमित स्वास्थ्य परिक्षण,स्वस्थकर बानीव्यवहार र खानपानमा बिशेष सावधानी अपनाएमा मुटु रोग लगायत बिभिन्न खाले रोगबाट बच्न सकिने भन्दै स्वस्थकर जिवन जिउन सबैलाइ आग्रह पनि गर्नुभएको हो ।

यस अघि शिविरको उद्घाटन गर्दे मालारानी गाउँपालीका अध्यक्ष दलबहादुर भट्टराइले मुटुलाई स्वस्थ राख्न आहार बिहार संगै दैनिक रुपमा शारीरीक ब्यायम गर्नु पर्नेमा जोड दिनुभयो । भट्टराइले काम गरि मुटुलाइ स्वस्थ राख्न सकिने भन्दै शारीरीक क्रियाकलापलाई बढाउन सबैलाइ आब्हान समेत गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता,कविता भुसालको स्वागत मनतब्य र सचिव मेनुका पौडेलको सञ्चालनमा सम्पन्न उद्घाटन शत्रमा मालारानी गाउँपालीका उपाध्यक्ष दिपा पोख्रेल,९ नं वडाअध्यक्ष महेन्द्रबाबु खनाल, सुर्य मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्री,पत्रकार श्याम घिमिरे लगायतले शिबिर सफलताको शुभकाना मनतब्य राख्नुभएको थियो । आफ्नै घरआगनमा स्वास्थ्य शिविर संगै वरिष्ठ डाक्टरहरुवाट चेकजाँच गराउन पाउँदा आफुहरु खुसि भएको सेवाग्राहीहरुको भनाइ रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP