Trend
बुधबार , असार ४, २०८२

श्याम घिमिरे,
२०८२ जेठ ४ अर्घाखाँची –

सन्धिखर्क नगरपालिका, डिभर्ना आयुर्वेद औषधालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वडानं ५ वाङ्लाको जिवनोद्वार माध्यमिक विद्यालयमा एकदिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सनिवार सम्पन्न भएको छ । शिविरमा हाडजोर्नी दुख्ने,बाथ रोग भएका ,स्त्री रोग संगै सामान्य पेट सम्बन्धी समस्या भएका १५३ जना सेवाग्राहीहरुको स्वास्थ्य परीक्षण गरीएको डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले बताउनुभयो । शिबिरमा स्वास्थ्य परीक्षणसंगै परामर्श, सुगर,प्रेसर जाँच गर्नुका साथै निशुल्क रुपमा औषधि वितरण गरिएको थियोे ।

सन्धिखर्क नगरपालीका वडानं.४ का वडाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रम ५ नम्बर वडाअध्यक्ष ऋषभ अधिकारीको अध्यक्षता, डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारको स्वागत मनतव्य र वैध टेकनाथ भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालीकाका लेखा शाखा प्रमुख नवराज गौतम, आयुर्वेद चिकित्सक डा.आशिष चौधरी,जिवनोद्वार माध्यमिक विद्यालयका प्र.अ. नाम वहादुर रानाभाट,सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा जन स्वास्थ्य निरिक्षक प्रकाश परियार लगायतले शिविर सफलताको शुभकामना मनतब्य राख्नुभएको थियो ।

शिबिरमा आयुर्वेद चिकित्सक डा. आशिष चौधरी र औषधालयका प्रमुख जनैदारले स्थानियको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

यसैबिच सन्धिखर्क ११ को डिभर्नामा गत बैशाख ३० गते एकदिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । सरस्वती आधारभूत विधालय अमिलेमा भएको शिविरमा १३६ जना सेवाग्राहीहरुको स्वास्थ्य परीक्षणसंगै परामर्श, सुगर,प्रेसर जाँच गर्नुका साथै निशुल्क रुपमा औषधि वितरण गरिएको डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले जानकारी दिनुभयो ।

यस अधि शिविरको सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले व्यक्तिको ठुलो सम्पति भनेको उसको स्वास्थ्य भएकोले आफ्नो शरीरलाई सधै स्वथ्य मस्त र व्यस्त राख्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले आयुर्वेदिक चिकित्सा प्रणाली अपनाउन सकेमा जिवन जिउन सहजहुने भन्दै शिविरबाट भरपुर फाईदा लिन सेवाग्राहीरुलाई आग्रह समेत गर्नुभएको थियो ।

वडानम्वर ११ का वडाध्यक्ष चेतनारायण आचायको अध्यक्षता र औषधालयका वैध टेकनाथ भुसालको सञ्चालनमा सुरु भएको उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाललगायतले शिविर सफलताको शुभकामना मनतब्य राख्नुभएको थियो ।
शिविरमा आयुर्वेद चिकित्सक डा.महेश भुसाल र औषधालयका प्रमुख जनैदारले स्थानियको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा फलफुल वितरण

कालो चश्मा – (अनुष्टुप् छन्द)

गजल

एमाले निकट जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न,युवा सेलिब्रेसन कार्यक्रममा सहभागी हुन अध्यक्ष भुसालको निर्देशन

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

सन्धिखर्कमा साईबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न


TOP