
✍कमला विश्वकर्मा अर्घाखाँची –
मुक्तक १

डुबिरहेको देशलाई बचाउने जिम्मा तिम्रो हातमा छ
रोइरहेकी नेपाल आमाको आँसु लुकाउने जिम्मा तिम्रो हातमा छ
भष्टचारी दलालहरू सल्बलाए देशमा ए राष्ट्रिय सपूत,
नयाँ विधान ल्याई थिति बसाउने जिम्मा तिम्रो हातमा छ ।
मुक्तक २
घरी घरी किन हराउँछौ तिमी ।
मन मनै एक्लै किन कराउँछौ तिमी ।
यहाँ जिन्दगी जिउनुपर्छ हाँसी खुसी,
तर किन संसार देखि डराउँछौ तिमी ।।
प्रकाशन मिति : २०८२ जेठ ४