Trend
सोमबार , असार ३०, २०८२

श्याम घिमिरे
जेठ ११ सन्धिखर्क

कल्याणी सेवा नेपालको आयोजनामा महिलाहरुकालागि एक दिने कानुनी सचेतना सम्बन्धि कार्यक्रम सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालीकाको आर्थिक सहयोग र कल्याणी सेवा नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा अधिवक्ता पवित्रा बन्जाडे र सिता बन्जाडे भुसालले सहजीकरण गर्नुभएको थियो ।

संस्थाकी अध्यक्ष शुशिला बन्जाडेको अध्यक्षता पवित्रा सापकोटाको स्वागत मन्तव्य र कमला खनाल भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख मिश्रा आर्चाय, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल,सन्धिखर्क नगरपालीका महिला बालबालिका शाखा प्रमुख बेल कुमारी परियारलगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP