
श्याम घिमिरे,
जेठ ३१ अर्घाखाँची
निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा कमल प्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । शुक्रबार सन्धिखर्क शान्तिमा सम्पन्न पाचौं जिल्ला अधिवेशनले अध्यक्ष घिमिरेको नेतृत्वमा १२ सदस्यीय जिल्ला समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा दुर्गा प्रसाद पौडेल, सचिवमा नेता भुसाल, कोषाध्यक्षमा हरी प्रसाद दमासे र सह–सचिवमा राम बहादुर रायमाझी सर्वसहमत निर्वाचित हुनुभएको छ । यस्तै समितिको सदस्यमा कृष्ण प्रसाद आचार्य,देवेन्द्र केसी, भविश्वर गैरे,विष्णु प्रसाद मिश्र,हरि प्रसाद पोख्रेल र दोर्ण प्रसाद आचार्य रहनु भएको छ ।
अधिवेशनले लेखनाथ अर्याल संयोजक र वुद्धिराम गैरे सदस्य रहनेगरी दुई सदस्य लेखा समितिको गठन गरेको छ । यस्तै लिलबहादुर राउत क्षेत्री,बाबुराम आचार्य,विष्णु प्रसाद भुसाल र बालकृष्ण श्रेष्ठलाइ केन्द्रिय प्रतिनिधि तथा सुमन्त प्रसाद पौडेल,खुविराम खनाल र रेशमराज भुसाललाइ प्रदेश प्रतिनिधिमा निर्वाचित गरेको छ । यस्तै भिमलाल आचार्य संयोजक र शारदा पौडेल,हरि प्रसाद भुसाल हिमलाल खनाल, मणिराम पराजुली र जिवनारायण आचार्य रहेको ५ सदस्यीय सल्लाहकार समितिको पनि चयन गरेको छ ।

यसअघि अधिवेशनको उद्घाटनगर्दे जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले नेपालको विकास र जनसेवामा निवृत कर्मचारीहरुको भूमिका उल्लेख्य रहेको स्मरण गराउनु भयो । जिल्लाको समृद्धिको निम्ति निवृत्त राष्ट्रसेवकको अनुभव र क्षमताको सदुपयोग गर्नुपर्ने भन्दै कोइरालाले निवृत राष्ट्रसेवक समाजको सस्थागत विकासमा सक्दो सहयोग पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष बिष्णु प्रसाद भुसालको अध्यक्षता,सचिब कमल प्रसाद घिमिरेको संचालन र कोषाध्यक्ष नेता भुसालको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा निवृत्त राष्ट्र सेवक समाजका केन्द्रिय सह–अध्यक्ष विष्णु प्रसाद बस्याल, केन्द्रिय सदस्य बिष्णु प्रसाद आचार्य,टामलाल पाण्डे,पुष्पा न्यौपाने,भिमलाल आचार्य,प्रहरी निरीक्षक झलक प्रसाद शर्मा,पतंजलि योग समितिका उपाध्यक्ष मनिराम अर्याललगायतका वक्ताहरुले शुभकामना मनतब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा समाज स्थापना कालदेखि हालसम्म अनवरत रुपमा खटि समाजको बृत्ति बिकासमा सहयोग पु¥याउने संस्थापक सहित समाजमा आबद्ध ७५ बर्षभन्दा माथीका जेष्ठ सदस्यहरुलाइ प्रामाणपत्र र दोसल्ला ओढाइ सम्मान पनि गरिएको थियो ।
यसैबिच नवनिर्वाचित अध्यक्ष घिमिरेले आगामी दिनमा निवृत्त राष्ट्रसेवकहरूको हक–हित, सामाजिक सेवा र अनुशासनसंगत संगठन निर्माणमा अझ सक्रिय भुमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको छ । जिवनको उर्वर एवं सिर्जनशिल समयलाई राष्ट्र सेवामा व्यतित गरि सेवा निबृत्तपछि अनुभव र दक्षताले भरिएको बाँकी जिवनलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पुर्याउने उद्देश्यले समाजको स्थापना गरीएको समाजका नेताहरुको भनाइ रहेको छ ।