Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे,
अर्घाखाँची असार ९—
यातायात सुरक्षालाई मध्यनजर गर्दै “ट्राफिक सचेतना” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालीकाको सहयोगमा चालक तथा सहचालकहरूका लागि विशेष आँखा जाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अन्तर्गत चल्ने सवारी चालकहरुलाइ लक्षित गरि सोमवार नरपानीमा चेकजाच कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले बताउनु भयो ।

शिविरमा झण्डै १५० जना चालक र सहचालकको आँखा चेकजाँच संगै स्वास्थ्य परीक्षण गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख निरज गौतमले जानकारी दिनुभयो । परीक्षणमा स्वास्थ्यकर्मीको टोलीले आँखा सम्बन्धी समस्यासंगै उच्च रक्तचापजस्ता सामान्य रोगहरूको चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा ७ जनामा आँखा सम्बन्धी समस्या र ४ जनामा उच्च रक्तचापको समस्या रहेको गौतमले बताउनु भयो । स्वास्थ्य समस्या भएकाहरुलाइ चिकित्सकसंग परामर्शगर्न आग्रह गरिएको गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मल्लले स्वास्थ्य परीक्षण कार्यक्रमले सवारी सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चालकहरूको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको र यसले दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने दाबी गर्नुभयो । चालकहरू दिनरात गाडी चलाउँदा शारीरिक र मानसिक थकान हुने भएकाले समय समयमा स्वास्थ्य परीक्षण जरुरी रहेको मल्लको भनाइ रहेको थियो । कार्यक्रममा सहभागी चालक तथा सहचालकहरूले यस्ता खाले कार्यक्रमले आफूहरूलाई स्वास्थ्यप्रति सजग बनाएको भन्दै आगामी दिनमा यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै


TOP