
असार १३, २०८२ शुक्रबार– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको नतिजा सार्वजनिक भएको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन्। यसपालि नतिजा बढेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताउनु भएको छ । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार भएको पनि उहाँले बताउनुभयो। गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो । बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

यस वर्षको एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजा कसरी हेर्नेः
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३, ३४४५५ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ –
www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np
www.ekantipur.com
www.see.edusanjal.com
see.eswea.com.np
https://khalti.com/app
collegeinfonepal.com/see
https://theconnectplus.com
www.12khari.com
https://www.collegesnepal.com/see_result/
https://bit.ly/GetNcellApp
https://swifttech.com.np/see-result/
https://resultneemaacademy.com
see.mypay.com.np
