
श्याम घिमिरे,
अर्घाखाँची असार १६ –
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा ‘एक स्वास्थ्य अवधारणा’ विषयक गोष्ठी सोमवार सन्धिखर्कमा सम्पन्न भएको छ । गोष्ठीमा मानव, पशु तथा वातावरणीय स्वास्थ्यको आपसी सम्बन्ध र सहकार्यका विषयमा व्यापक छलफल गरिएको थियो ।
गोष्ठीमा ‘एक स्वास्थ्य’ अवधारणाको महत्व, रोगको नियन्त्रण तथा रोकथाममा बहुक्षेत्रीय समन्वयको भूमिका र यसले पार्ने असरलाई केन्द्रीत गर्दे एमडिजिपी डा.अशोक शाहबाट अवधारणा पत्र समेत प्रस्तुत गरिएको थियो । अवधारणा पत्र प्रस्तुतगर्दे डा. शाहले जिवनमा मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यको सम्बन्ध नङ र मासुको जस्तै रहने भन्दै यि तिन कुराको समन्वय बिग्रिए मानव स्वास्थ्यनै धरापमा पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद भुसालले पशुजन्य रोगहरूको नियन्त्रण, वातावरणीय संरक्षण र सार्वजनिक स्वास्थ्य सुदृढीकरणमा एक स्वास्थ्य दृष्टिकोण अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
भेटेरिनरी अस्पताल अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पौडेलको अध्यक्षता,वरीष्ठ पशु अधिकृत राधा पन्थी पाण्डेको स्वागत मनतब्य र सुन्दर विकको संचालनमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले मोटिभेस्नल सहित प्रशिक्षणात्मक मुलक मनतब्य राख्नुभएको थियो । कार्यक्रममा कृषक,कृषी समुह,कृषी सहकारी, दुग्द सहकारी संस्थाका प्रतिनिधि,मासु व्यवसायी लगायत अन्य सरोकारवाल व्यक्तिहरुको सहभागीता रहेको थियो ।
“स्वास्थ्यका तीनवटै आयाम बीचको अन्तर सम्बन्धलाई बुझ्दै समन्वयात्मक कदम चाल्न सके यस प्रकारको कार्यले असल स्वास्थ्यमा टेवा पुग्नेमा सहभागीहरू विस्वस्त रहेका थिए । ‘एक स्वास्थ्य’ अवधारणाको कार्यान्वयनमा सहकार्य र छलफललाई निरन्तरता दिनुपर्नेमा उनिहरुले जोड पनि दिएका थिए ।