Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
अर्घाखाँची असार १६ –
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा ‘एक स्वास्थ्य अवधारणा’ विषयक गोष्ठी सोमवार सन्धिखर्कमा सम्पन्न भएको छ । गोष्ठीमा मानव, पशु तथा वातावरणीय स्वास्थ्यको आपसी सम्बन्ध र सहकार्यका विषयमा व्यापक छलफल गरिएको थियो ।

गोष्ठीमा ‘एक स्वास्थ्य’ अवधारणाको महत्व, रोगको नियन्त्रण तथा रोकथाममा बहुक्षेत्रीय समन्वयको भूमिका र यसले पार्ने असरलाई केन्द्रीत गर्दे एमडिजिपी डा.अशोक शाहबाट अवधारणा पत्र समेत प्रस्तुत गरिएको थियो । अवधारणा पत्र प्रस्तुतगर्दे डा. शाहले जिवनमा मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यको सम्बन्ध नङ र मासुको जस्तै रहने भन्दै यि तिन कुराको समन्वय बिग्रिए मानव स्वास्थ्यनै धरापमा पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद भुसालले पशुजन्य रोगहरूको नियन्त्रण, वातावरणीय संरक्षण र सार्वजनिक स्वास्थ्य सुदृढीकरणमा एक स्वास्थ्य दृष्टिकोण अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

भेटेरिनरी अस्पताल अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पौडेलको अध्यक्षता,वरीष्ठ पशु अधिकृत राधा पन्थी पाण्डेको स्वागत मनतब्य र सुन्दर विकको संचालनमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले मोटिभेस्नल सहित प्रशिक्षणात्मक मुलक मनतब्य राख्नुभएको थियो । कार्यक्रममा कृषक,कृषी समुह,कृषी सहकारी, दुग्द सहकारी संस्थाका प्रतिनिधि,मासु व्यवसायी लगायत अन्य सरोकारवाल व्यक्तिहरुको सहभागीता रहेको थियो ।

“स्वास्थ्यका तीनवटै आयाम बीचको अन्तर सम्बन्धलाई बुझ्दै समन्वयात्मक कदम चाल्न सके यस प्रकारको कार्यले असल स्वास्थ्यमा टेवा पुग्नेमा सहभागीहरू विस्वस्त रहेका थिए । ‘एक स्वास्थ्य’ अवधारणाको कार्यान्वयनमा सहकार्य र छलफललाई निरन्तरता दिनुपर्नेमा उनिहरुले जोड पनि दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP