आइतबार २८ भाद्र २०८३

श्याम घिमिरे असार २६ अर्घाखाँची –

अर्घाखाँची जिल्लालाई भोलि (असार २७ गते) एक कार्यक्रमकाबीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै छ । लुम्बिनि प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको प्रमुख आतिथ्यता, ६ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालकाको उपस्थितीमा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिने जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको सभा हल सन्धिखर्कमा विहान ११ बजेबाट कार्यक्रम सुरुहुने कोइरालाले बताउनुभयो ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै अर्घाखाँची जिल्लालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा गर्न लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका नि.कार्यालय प्रमुख एंव जिल्ला खोप समन्वय समितिका सदस्य सचिव कृष्ण प्रसाद पोखरेलले बताउनुभयो । यसअघि जिल्लाका ६ वटै स्थानीय तह पूर्णखोप तथा दिगोपना घोषणा भइसकेको पोखरेलले जानकारी दिनुभयो ।


Last Updated on: July 10th, 2025 at 12:52 pm
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया