
श्याम घिमिरे,
२०८२ साउन १८ अर्घाखाँची
नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०८२ को अवसरमा आइताबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिका २, चुत्राबेसीमा रहेको भगवती माध्यमिक बिद्यालय कुर शंखेटारीमा संगठनले स्थापना गरेको अक्षयकोषको रकमको ब्याजबाट एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु निर्जला बन्जाडे,समिक्षा खनाल र विकास पौडेललाइ नगद रु पच्चीस सय सहित प्रमाणपत्र प्रदान गरिएको संगठनका जिल्ला अध्यक्ष पशुपति खनालले जानकारी दिनुभयो । संगठनको ३३ औं स्थापना दिवसको अवसरपारी २०८० सालमा स्थापना गरिएको ५० हजार एकसय एक रुपैया अक्षयकोषको व्याजबाट जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण गरेको खनालले बताउनुभयो । कार्यक्रममा बोल्दै खनालले अर्को वर्ष अक्षयकोषको रकमलाई बढाई ७५ हजार रुपैया पुर्याउने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा मनतब्य राख्दै संगठनका केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज गणेश भण्डारीले पुरस्कारको रासी थोरै भएपनि बिद्यार्थीहरुको मनोवल उच्च राख्न र निजामति सेवामा प्रवेश गर्न मार्ग निर्देशन गरोस भन्ने उद्देश्यले अक्षय कोषको स्थापना गरीएको बताउनु भयो । भण्डारीले निजामति सेवामा संगै यात्रा गर्ने अवसर मिलोस भन्दै सबै बिद्यार्थीहरुलाइ शुभकामना पनि व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमापनि संगठनले यस्ता खाले रचनात्मक गतिविधिहरु नियमित रुपमा अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
बिद्यायलयका प्रधानाध्यापक धुब्र केसीले बिद्यालयमा अक्षयकोष स्थापना गरिदिएकोमा संगठनलाइ धन्यवाद दिदै कोषको ब्याजले बिद्यायलयमा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक वृद्धिविकासमा टेवा पुगेको बताउनुभयो ।
संगठनका जिल्ला अध्यक्ष पशुपति खनालको अध्यक्षता र सचिब रामप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीका उपाध्यक्ष हरिप्रसाद डुम्रेले कार्यक्रम सफलताको शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा संगठनका जिल्ला नेताहरु सहित बिद्यालयमा कार्यरत शिक्षक कर्मचारी, बिद्यार्थी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।