
के पी भुसाल ’अजस’
पन्छीलाई मनपर्ने , सधैँ हराभरा,
संसारमा मिल्छन् धेरै, थरीथरी चरा ।
भगेराको जात मिल्छ, सारा जगत् भरी,
ब्यानी पख मात्र बास्ने ,सधै चिबे चरी ।।

परेवा नै प्रतीक हुन् शान्ति भन्दै बास्ने,
प्रतीकहुन् ढुकुरजोडी प्रेम सधैँ राख्ने ।
दुध पानी छुट्याउने हंस न्यायिक् चरा,
पन्छी जात किवीलाई ,उड्नु छैन बरा ।।
बसन्तका बहारको ,कोइली स्वागत् गर्छ,
न्याउ्ली चरी विरहका,दुःख पीडा पोख्छ ।
बी हमिङ्ग संसारकै , सानो चरा जान्नु,
अष्ट्रिज हो ठूलो चरा, संसारकै मान्नु ।।
चन्द्रमाको प्रकाश हेरी बाँच्छन् चकोर चरी,
टाढा सम्म देख्न सक्ने , जटायुका थरी ।
स्तनधारी प्राणी हुन, चमेरोका जाति,
चिल नै हो छिटो उड्ने आकाशको माथि ।।
कुनै कुनै चराजाति भाषा सिक्न सक्छन्,
तोता मैना पढाएमा मान्छे जस्तै बोल्छन् ।
बुध्दबाट ज्ञान पाउ्ने,सारस् लिन्छ शान,
सर्प खाँने गरुडजाति भगवान्का वाहन ।।
भुद्रुङले धेरैथरी आवाज् फेर्दै डुल्छ,
चखेवाले प्रीति वियोग हुँदा सारै रुन्छ ।
कोइलीको बच्चा पाल्छ सारै बाठो काग,
सिनो खान्न मांसाहारी हिंस्रक चरा बाज ।।
गर्जो सुन्दा हुटिट्याउँ आकाश् थाम्न खोज्छ,
चरा जाति सेरिम्ब्रा कुकुर जस्तै भुक्छ ।
राती मात्र आँखा देख्छ उल्लु चरा सधै,
शिर्मा कल्की हुन्छ राम्रो मजुर नाँच्छ बास्दै ।।
घाँम डुबे पछि नाँच्ने , बौँडाईको जात,
शिरपेचमा सजाउने , हुमाउँको प्वाँख ।
नेपालमा मात्र मिल्छ , काँडे भ्याकुर चरा,
शिर्मा कल्की जीउ राम्रो ,मुनाल हो चरा ।।
डाँफे चरा नेपालको , राष्ट्रिय हो पन्छी,
पन्छी जात्को नेपालमा , भई रन्छ गन्ती ।
आठ सय छयासीस ,थरी पन्छी भए,
संरक्षण यिन्को हुँदा , हुन्छ सबको जय ।।
प्रकाशन मिति – २०८२ असोज ११