Trend
बिहिबार , पुष १७, २०८२

श्याम घिमिरे,
मंसीर २७ अर्घाखाँची –
अर्घाखाँचीको सन्धिखर्कमा एकदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सन्धिखर्क नगरपालीकाको आयोजना तथा ग्याष्ट्रो सेन्टर बुटबल प्रालिको प्राविधिक सहयोगमा भएको शिविरमा पेट कलेजो तथा आन्द्रा रोग सम्वन्धि निःशुल्क जाँच गरिएको हो । शिविरमा ग्यास्ट्रो सेन्टर बुटवलका वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा.मोहन भुसाल र कन्सलटेन्ट फिजिसियन डा.काशीराम बि.क लगायतको टिमले बिरामीको चेकजाँच संगै प्राविधिक सहयोग र निःशुल्क औषधि वितरण गरेको थियो ।

शिविरमा ३ सय ५० भन्दा धेरै बिरामीहरुको पेट सम्वन्धि रोगको चेकजाँच गरिनुको साथै ४८ जनाको इन्डोस्कोपी गरिएको ग्यास्ट्रो सेन्टरका राम प्रसाद अर्यालले जानकारी दिनुभयो । पछिल्लो समय खानपान र जीवनशैलीका कारण मानव स्वास्थ्यमा असर पर्दे गएको भन्दै वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. भुसालले धुम्रपान,मदिरापान,चिल्लोपिरो, जगंफुड,मैदाका परीकारलगायत मानव स्वास्थ्यलाइ असरगर्ने खाद्य पदार्थ प्रयोग नगर्न आग्रह गर्नुभयो । भुसालले पेटलाई स्वस्थ राख्नकालागि,सफा, ताजा,स्वच्छ,स्वस्थ्य र फाईवरयुक्त खानेकुरालाई पहिलो प्राथमिकता दिन अनुरोध समेत गर्नुभयो ।

डा.भुसालले गाउँवस्तीमा गरिने यस्ता खाले शिविरले मानीसमा लुकेर रहेका रोगहरु पहिचान गरि उपचारमा सहजता हुने र उपचार गराउन अस्पताल जान नसक्नेहरुका लागी शिविरहरु उपयोगी हुने भन्दै सबैलाइ आफ्नो स्वास्थ्यको चेकजाँच गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले रोगलाइ समयमै पत्ता लगाउन सके निको गराउन सकिने भन्दै पैसा नभएर सेवा पाउनबाट बन्चीत भएका व्यक्तिहरुलाइ शिविरले फाइदा दिने बताउनुभयो । श्रेष्ठले नेपालीहरुको पहिचान ग्यास्ट्रीक भएको बताउदै यसलाइ नियन्त्रण गर्न खानपीन र आहार बिहारमा ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम सन्धिखर्क नगरप्रमुख कुष्णप्रसाद श्रेष्ठको अध्यक्षता ,स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीको स्वागत मनतब्य र प्रकाश परियारको सञ्चालनमा सम्पन्न भएको हो । आफ्नै घर आगनमा विशेषज्ञ सहितको शिविरमा चेकजाँच गराउँन पाउँदा आफुहरु खुसी भएको सन्धिखर्क १२ का वालकृष्ण श्रेष्ठको भनाइ रहेको छ ।

                                            शिविरमा ३५० जनाको निःशुल्क चेकजाँच साथमा निःशुल्क औषधि वितरण
४८ जनाको ईन्डोस्कोपी
ईन्डोस्कोपी गरिएका मध्ये ६० प्रतिशतमा ग्याष्ट्रीक अल्सर
२० प्रतिशतमा सामान्य ग्याष्ट्रीक
२० प्रतिशतमा कडा प्रकारको ग्याष्ट्रीक र
९० प्रतिशतमा HIATUS Hernia  देखिएको डा .मोहन भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

फागुन २१ मा चुनाव हुन सक्दैन – एमाले उपमहासचिव ज्ञवाली


TOP