मंसीर २९ अर्घाखाँची –
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तरगत सन्धिखर्क नगरपालिकाद्धारा आयोजित स्थानीय तहमा बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तीहरुसँग बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा जिल्ला स्तरीय भेला आइतवार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आप्रवासी कामदारले विदेशमा सिकको सीपलाई स्वदेशमा आय आर्जन तथा उत्पादनको क्षेत्रमा जोड्नुपर्ने बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीको क्रममा सामी कार्यक्रम लागु हुनुभन्दा पहिला सूचना तथा परामर्श सेवा बिना जादा ठगिने जस्ता समस्याहरु भोग्नु परेको भन्दै उहाँले एकपटक विदेश जाने व्यक्ती आप्रवासी श्रोतकेन्द्रमा बुझेरमा मात्र सुझाव दिनुभयो । उहाँले बैदेशि रोजगारीको क्रममा ठगीमा जिल्ला प्रशासन कार्यालय र सहायता कक्षमा सम्पर्क राख्नुपर्नेमा पनि जोड दिनुभयो । श्रेष्ठले आप्रवासी सञ्जालले पिडित तथा जिल्लाका दुर दराजमा रहेका श्रमिकका समस्यालाई उजागर गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगर उप प्रमुख मिश्रा आचार्यले सामी कार्यक्रमले बैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण योग्दान दिएको बताउनुभयो ।
कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत तथा सामी फोकल पर्सन मञ्जु खनालले वैदेशिक रोजगारीमा देखिने समस्याहरु नेपाल सरकारले स्थानीय तहबाटै समाधान गर्ने र ठगी सम्बन्धी समस्याहरु जिल्ला प्रशासन कार्यालयबाट समाधान गर्ने व्यवस्थाले आप्रवासी परिवारलाई सहज हुँदै गएको बताउनुभयो ।
सामी हेल्भटास नेपालका लुम्बिनी प्रदेश कार्याक्रम व्यवस्थापक बिजय ठाकुर, कार्यक्रम अधिकृत जियाउल हक, आप्रवासी श्रमिक सञ्जालका प्रदेश अध्यक्ष रोशन गिरी, सामी जिल्ला कार्यक्रम संयोजक बसन्त श्रेष्ठ लगायतले आप्रवासी श्रमिक सञ्जालको अवस्था, सम्भावना तथा जिल्लामा भएका प्रमुख उपलब्धीहरुको बारेमा प्रकास पार्नुभएको थियो ।
सोही भेलाले रामप्रसाद ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय आप्रवासी श्रमिक सञ्जाल जिल्ला समितिको गठन गरेको छ । जसको उपाध्यक्ष शितगंगा नगरपालिकाबाट गणेष पौडेल, सचिवमा सन्धिखर्क ४ का कृष्ण प्रसाद भुसाल र कोषाध्यक्षमा मालारानी गाउँपालिकाबाट रेनु भुसाल खनाल रहनुभएको छ । यस्तै सदस्यहरुमा भुमिकास्थान नगरपालिकाबाट राजु श्रेष्ठ र पाणिनी गाउँपालिकाबाट दिपक बेल्वासे रहनुभएको छ ।
यस्तै सन्धिखर्क नगरपालिकामा दान बहादुर रायमाझीको अध्यक्षतामा १३ सदस्यीय नगर आप्रवासी सञ्जालको गठन गरिएको छ । जसको उपाध्यक्षमा हरी बहादुर कुमाल, सचिवमा नारायण भुसाल, सहसचिवमा दामोदर श्रेष्ठ र कोषाध्यक्षमा मुम प्रसाद श्रेष्ठ रहनुभएको छ । यस्तै सदस्यहरुमा बेलबहादुर कुमाल, भविश्वर विश्वकर्मा र बिष्णु प्रसाद श्रेष्ठ लगायतका रहनुभएको छ । कार्यक्रम नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता र वित्तीय साक्षरता सहजकर्ता लक्ष्मण घिमिरेको सञ्चालनमा सम्पन्न भएको सामी जिल्ला कार्यक्रम संयोजक बसन्त श्रेष्ठले जानकारी दिनुभयो ।








