Trend

पुस ४ अर्घाखाँची –
नेपाली काँग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागी (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारहरू सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षमा ८ , समानुपातिकमा ६ र राष्ट्रिय सभामा ३ जनाको नाम सिफारिस गरेको हो । आकांक्षीहरु धेरै भएपछि केन्द्रीय मापदण्ड विपरीत तोकिए भन्दा बढी उम्मेदवारहरू सिफारिस गरिएको काँग्रेस जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रेवती प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल ‘मुस्कान’, पूर्व पार्टी सभापति कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष लेखनाथ पोखरेल, महाधिवेशन प्रतिनिधिहरू डाक्टर मुक्तीराम श्रेष्ठ, डाक्टर जय बहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ, पार्टी उपसभापति बाबुराम पौडेल पनि प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएका छन् ।

समानुपातिकमा पूर्व उपसभामुख पुष्पा भुसाल, पुर्व प्रदेश सांसद निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णु प्रसाद अर्याल समानुपातिकमा सिफारिस भएका छन् । यस्तै राष्ट्रिय सभामा पूर्व सांसद डा. राम बहादुर बिसी, पूर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्व सभापति पिताम्बर शर्मा भुसाल र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे सिफारिस भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश


TOP