Trend
बिहिबार , पुष १७, २०८२

श्याम घिमिरे,
पुस ८ शितगंगा –

अर्घाखाँचीको शितगंगा नगरपालिकामा आयोजना हुने चौथो शितगंगा महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्था शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी व्यवस्थापन, सुरक्षा, सांस्कृतिक कार्यक्रम, कृषि तथा औद्योगिक प्रदर्शनी, स्टल व्यवस्थापन लगायतका तयारी सम्पन्न गरिएको पन्थीले बताउनुभयो । महोत्सव स्थलमा मञ्च निर्माण, विद्युत्, खानेपानी, सरसफाइ तथा यातायात व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पन्थीको भनाइ छ ।

महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कृषि तथा घरेलु उद्योगका उत्पादनहरूको प्रदर्शनी, स्थानीय परिकारको प्रवद्र्धन, प्रवद्र्धनसम्बन्धी कार्यक्रम तथा विविध मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने संघका संस्थापक अध्यक्ष एवं वडानम्वर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमार्फत बोल्दै स्थानिय समाजसेवि राजेन्द्र केसीले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय सुरक्षा निकायसँग समन्वय गरी शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको संघका महासचिव डिलबहादुर गुरुङले बताउनुभयो । महोत्सव सफल बनाउन सम्पूर्ण नगरवासी, व्यवसायी, कलाकार, पत्रकार तथा सरोकारवालाहरूलाई सहकार्य र उपस्थितिका लागि आयोजकले आग्रह समेत गरेको छ ।

महोत्सब अबधिभर जिल्लामै पहिलो पटक डमरु दहमा स्टिमर डुङ्गा सञ्चालन हुने बताइएको छ । महोत्सवमा ठूलो संख्यामा दर्शक तथा आगन्तुकहरूको सहभागिता रहने अपेक्षा पनि गरिएको छ । पुस ९ गतेदेखि २१ गतेसम्म चल्ने महोत्सवको शितगंगा नगरप्रमुख छविलाल पौडेलले उद्घाटन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

साथी सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न


TOP