Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे,
पुस ८ शितगंगा –

अर्घाखाँचीको शितगंगा नगरपालिकामा आयोजना हुने चौथो शितगंगा महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्था शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी व्यवस्थापन, सुरक्षा, सांस्कृतिक कार्यक्रम, कृषि तथा औद्योगिक प्रदर्शनी, स्टल व्यवस्थापन लगायतका तयारी सम्पन्न गरिएको पन्थीले बताउनुभयो । महोत्सव स्थलमा मञ्च निर्माण, विद्युत्, खानेपानी, सरसफाइ तथा यातायात व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पन्थीको भनाइ छ ।

महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कृषि तथा घरेलु उद्योगका उत्पादनहरूको प्रदर्शनी, स्थानीय परिकारको प्रवद्र्धन, प्रवद्र्धनसम्बन्धी कार्यक्रम तथा विविध मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने संघका संस्थापक अध्यक्ष एवं वडानम्वर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमार्फत बोल्दै स्थानिय समाजसेवि राजेन्द्र केसीले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय सुरक्षा निकायसँग समन्वय गरी शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको संघका महासचिव डिलबहादुर गुरुङले बताउनुभयो । महोत्सव सफल बनाउन सम्पूर्ण नगरवासी, व्यवसायी, कलाकार, पत्रकार तथा सरोकारवालाहरूलाई सहकार्य र उपस्थितिका लागि आयोजकले आग्रह समेत गरेको छ ।

महोत्सब अबधिभर जिल्लामै पहिलो पटक डमरु दहमा स्टिमर डुङ्गा सञ्चालन हुने बताइएको छ । महोत्सवमा ठूलो संख्यामा दर्शक तथा आगन्तुकहरूको सहभागिता रहने अपेक्षा पनि गरिएको छ । पुस ९ गतेदेखि २१ गतेसम्म चल्ने महोत्सवको शितगंगा नगरप्रमुख छविलाल पौडेलले उद्घाटन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP