शुक्रबार ०५ आषाढ २०८३

श्याम घिमिरे,
पुस ९ अर्घाखाँची ।

सामाजिक तथा धार्मिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका समाजसेवी नारायण प्रसाद खनालले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अर्घाखाँची जिल्लाबाट संघीय सांसद पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गर्नु भएको छ । सन्धिखर्कमा बुधवार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्दै खनालले राजनीतिक दलभन्दा माथि उठेर जनताको वास्तविक आवाज संसदमा पु¥याउने उद्देश्यले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने स्पष्ट पार्नु भयो ।

उहाँले वर्तमान राजनीतिक अवस्थाप्रति जनतामा बढ्दो निराशा रहेको उल्लेख गर्दै भन्नुभयो, “राजनीति सेवा हुनुपर्छ, पेशा होइन । जनताको दुःख–दर्द, संस्कृति, धर्म र पहिचानको रक्षा गर्न अब इमानदार, निष्पक्ष र निर्भीक नेतृत्व आवश्यक छ । यही जिम्मेवारीबोधका साथ मैले उम्मेदवारी घोषणा गरेको हुँ खनालले भन्नुभयो ।”

सामाजिक–धार्मिक क्षेत्रमा उल्लेखनीय योगदान

नारायण खनाल सामाजिक सेवा, आध्यात्मिक चेतना अभिवृद्धि, धार्मिक सहिष्णुता, संस्कृतिको संरक्षण तथा सामुदायिक एकताको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको छ । उहाँ गुरुकुल शिक्षा, धार्मिक प्रवचन, गौसेवा, समाज सुधार अभियान तथा विपन्न वर्गको सहयोगमा निरन्तर संलग्न रहनुभएको सामाजिक अभियन्ताका रूपमा चिनिनुहुन्छ ।

खनालका चुनावी एजेन्डाहरु :

  •  विकास र सुशासन प्रमुख एजेन्ड
  •  भ्रष्टाचारमुक्त र पारदर्शी शासन
  • अर्घाखाँचीको दिगो विकास
  •  कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता
  •  धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षण
  •  युवालाई स्वदेशमै अवसर सिर्जना

जनस्तरमा सकारात्मक प्रतिक्रिया

खनालको उम्मेदवारी घोषणापछि जिल्लामा स्वतन्त्र, इमानदार र समाजसेवी नेतृत्वको खोजीमा रहेका मतदाताहरूले उत्साहजनक प्रतिक्रिया जनाइरहेका छन् । स्थानीय कृष्ण प्रसाद भुसालले खनालको घोषणाले निर्वाचनमा नयाँ विकल्प र सकारात्मक बहसको वातावरण सिर्जना गरेको बताउनुभयो ।

निर्वाचन तयारी तीव्र

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दे खनालले जिल्लाभर जनसम्पर्क, संवाद र सुझाव संकलन अभियान सञ्चालन गर्ने जानकारी पनि दिनु भएको छ ।

खनालका भावी याेजनाहरु


Last Updated on: December 25th, 2025 at 7:45 am
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया