Trend

श्याम घिमिरे,
पुस १२ अर्घाखाँची –

एनपिएल लिग सिजन–२ को विजेता लुम्बिनी लायन्सले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ट्रफिसहित भव्य विजय उत्सव मनाएका छन् । उपाधि जितेपछि पहिलो पटक जिल्लामै अर्घाखाँची क्रिकेट संघको समन्वयमा आयोजना गरिएको उत्सवमा खेलप्रेमी तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उत्सव कार्यक्रममा लुम्बिनी लायन्सका खेलाडी एवं व्यवस्थापकहरूले ट्रफि प्रदर्शन गर्दै समर्थकप्रति आभार व्यक्त गरेका थिए । टोलीका प्रतिनिधिहरूले सिजनभर खेलाडीहरूको मेहनत, अनुशासन र टिमवर्ककै कारण उपाधि जित्न सफल भएको बताएका थिए ।

सन्धिखर्कमा आयोजित विजय उत्सव कार्यक्रममा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले लुम्बिनी लायन्सको सफलताले जिल्लाको खेलकुद विकासमा सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले खेलाडीहरूको मेहनत र अनुशासनले युवा खेलाडीहरूका लागि प्रेरणा हुने पनि दाबि गर्नु भयो ।

त्यस्तै, अर्घाखाँची क्रिकेट संघका अध्यक्ष रिषीकेश भट्टराइले लुम्बिनी लायन्सको प्रदर्शन र सफलताले प्रदेश तथा जिल्लाको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको बताउनुभयो । भट्टराइले स्थानीय खेलाडी र युवाहरूलाई सक्रिय भएर खेलकुदमा लाग्न प्रेरित गर्नुपर्ने कुरामा जोड समेत दिनुभयो ।

उत्सवका क्रममा व्यवस्थापक तथा खेलाडीले ट्रफि प्रदर्शन गरे भने स्थानीय समर्थकहरूले पनि उत्साहपूर्वक टोलीलाई स्वागत गरेका थिए । स्थानीय समर्थकहरूले ¥याली सहित खेलप्रतिको उत्साह बढाएका थिए । यस अवसरले स्थानीय समुदायमा खेलप्रतिको उत्साह र सहयोग बढाएको विस्वास गरिएको छ ।

आजै टोलीले सुपादेउराली मन्दिर र अर्घा भगवती मन्दिरमा पुगेर पूजा अर्चना पनि गरेका छन् । यस क्रममा उनिहरुले आफ्नो सफलता र आगामी खेलका लागि आशीर्वाद समेत लिएका हुन । अर्घा भगवति मन्दीरमा स्थानियले बाजागाजा सहित उनिहरुलाइ स्वागत गरेका थिए ।

एनपिएल लिग सिजन–२ मा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रतिद्वन्द्वी टोलीलाई पराजित गरी च्याम्पियन बनेको हो । यस विजयसंगै टोलीले नेपाली खेलकुद इतिहासमा आफ्नो नाम थप मजबुत बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश


TOP