Trend
बिहिबार , पुष १७, २०८२

श्याम घिमिरे,
पुस १२ अर्घाखाँची –

एनपिएल लिग सिजन–२ को विजेता लुम्बिनी लायन्सले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ट्रफिसहित भव्य विजय उत्सव मनाएका छन् । उपाधि जितेपछि पहिलो पटक जिल्लामै अर्घाखाँची क्रिकेट संघको समन्वयमा आयोजना गरिएको उत्सवमा खेलप्रेमी तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उत्सव कार्यक्रममा लुम्बिनी लायन्सका खेलाडी एवं व्यवस्थापकहरूले ट्रफि प्रदर्शन गर्दै समर्थकप्रति आभार व्यक्त गरेका थिए । टोलीका प्रतिनिधिहरूले सिजनभर खेलाडीहरूको मेहनत, अनुशासन र टिमवर्ककै कारण उपाधि जित्न सफल भएको बताएका थिए ।

सन्धिखर्कमा आयोजित विजय उत्सव कार्यक्रममा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले लुम्बिनी लायन्सको सफलताले जिल्लाको खेलकुद विकासमा सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले खेलाडीहरूको मेहनत र अनुशासनले युवा खेलाडीहरूका लागि प्रेरणा हुने पनि दाबि गर्नु भयो ।

त्यस्तै, अर्घाखाँची क्रिकेट संघका अध्यक्ष रिषीकेश भट्टराइले लुम्बिनी लायन्सको प्रदर्शन र सफलताले प्रदेश तथा जिल्लाको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको बताउनुभयो । भट्टराइले स्थानीय खेलाडी र युवाहरूलाई सक्रिय भएर खेलकुदमा लाग्न प्रेरित गर्नुपर्ने कुरामा जोड समेत दिनुभयो ।

उत्सवका क्रममा व्यवस्थापक तथा खेलाडीले ट्रफि प्रदर्शन गरे भने स्थानीय समर्थकहरूले पनि उत्साहपूर्वक टोलीलाई स्वागत गरेका थिए । स्थानीय समर्थकहरूले ¥याली सहित खेलप्रतिको उत्साह बढाएका थिए । यस अवसरले स्थानीय समुदायमा खेलप्रतिको उत्साह र सहयोग बढाएको विस्वास गरिएको छ ।

आजै टोलीले सुपादेउराली मन्दिर र अर्घा भगवती मन्दिरमा पुगेर पूजा अर्चना पनि गरेका छन् । यस क्रममा उनिहरुले आफ्नो सफलता र आगामी खेलका लागि आशीर्वाद समेत लिएका हुन । अर्घा भगवति मन्दीरमा स्थानियले बाजागाजा सहित उनिहरुलाइ स्वागत गरेका थिए ।

एनपिएल लिग सिजन–२ मा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रतिद्वन्द्वी टोलीलाई पराजित गरी च्याम्पियन बनेको हो । यस विजयसंगै टोलीले नेपाली खेलकुद इतिहासमा आफ्नो नाम थप मजबुत बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

साथी सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न


TOP