Trend
बुधबार , पुष २३, २०८२

श्याम घिमिरे,पुस २३ अर्घाखाँची –

नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवस तथा प्रथम सन्धिखर्क नगर अधिवेशन सन्धिखर्कमा बुधवार सम्पन्न भएको छ । अधिवेशनले नगरस्तरीय नयाँ कार्यसमिति चयन गर्दे संगठनलाई सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले विद्यालय शिक्षा सुधार, अभिभावकको भूमिकालाई संस्थागत बनाउने, गुणस्तरीय शिक्षाका लागि अभिभावक–विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

अधिवेशनले नगर समितिका पदाधिकारी तथा सदस्यहरू चयन गर्दै आगामी कार्यदिशा तय गरेको छ । साथै बालबालिकाको हकहित संरक्षण, शैक्षिक अनुशासन, र अभिभावक सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरिएको संघका जिल्ला अध्यक्ष बाबुराम पन्थीले बताउनुभयो ।

कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद बेल्बासे, पुर्ब जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्री, शिक्षा बिकास तथा समन्वय इकाईका पुर्ब प्रमुख मनिराम पराजुली, संघका केन्द्रिय सचिव रामबहादुर रायमाझी, संघका प्रदेश सदस्य कमल प्रसाद घिमिरे,नेपाली काँग्रेस सन्धिखर्क नगर कावा सभापति तुल्सीराम पौडेल,एमाले नेतृ आशा परियार,नेपाली कम्युनिष्ट पार्टीका सरोज पौडेल,रास्वपाका नेता राजु खड्का,राजमो नेता भिमलाल आचार्य र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष शारदा भट्टराई लगायतले शुभकामना मनतब्य राख्दै संगठनलाई अझ बढी प्रभावकारी बनाउँदै स्थानीय तहसँग समन्वय गरेर शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

संघका नगर अध्यक्ष प्रेमनारायण भुसालको अध्यक्षता र सचिव पिताम्वर कुँवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा अभिभावक, सेवा निवृत शिक्षक कर्मचारी, शिक्षा सरोकारवाला तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यसैबिच अधिवेशनले प्रेमनारायण भुसालकोे अध्यक्षतामा १७ सदस्यीय नेपाल राष्ट्रिय अभिभावक संघ सन्धिखर्क नगर समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा पुष्करनाथ बन्जाडे,महिला उपाध्यक्षमा पम्फा भुसाल,सचिवमा पिताम्बर कुँवर,कोषाध्यक्षमा खिमानन्द खनाल,सहसचिवमा खगेश्वर केसी र सह कोषाध्यक्षमा गंगाराम खनाल सर्बसम्मत चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा हरी बहादुर खड्का,चोपनारायण भट्टराई,बाबुराम बस्याल,मित्रलाल आचार्य,यज्ञमुर्ती गौतम,मेघनाथ अधिकारी, ओम प्रकाश भट्टराई, खिमानन्द आचार्य, रुद्र प्रसाद पराजुली र वस्टराज बस्याल चयन हुनुभएको संघका जिल्ला अध्यक्ष बाबुराम पन्थीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

वीर नेपाली : (लोकछन्द)


TOP