Trend
बुधबार , पुष २३, २०८२

श्याम घिमिरे,
पुस २३ अर्घाखाँची –

सन्धिखर्क ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर संगठन (ISO) द्वारा निर्दिष्ट ISO प्रमाणिकरण लोगो प्राप्त गरेको छ । बुधवार बिद्यालयमा एक कार्यक्रमका बिच ISO  Certification  नेपालका लागि प्रतिनिधि सुदिप शर्माले ISO लोगो प्रदानगर्नुभएको हो । कार्यक्रममा मन्तव्य राख्दै शर्माले ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले शिक्षा व्यवस्थापन, अध्यापन प्रक्रिया, प्रशासनिक प्रणाली तथा गुणस्तर सुधारका ५० वटा इन्डीकेटरहरुमध्ये २५ प्रतिशत कामका मापदण्डहरू अन्तर्राष्ट्रिय स्तरअनुसार पूरा गरेको बताउनुभयो ।

शर्माले बाँकी रहेका काम समयमै सम्पन्न गर्नेमा आफुहरु विस्वस्त रहेको भन्दै तिन बर्षको दौरानमा धेरै डिजाइन भएको बताउनुभयो । शर्माले सबै क्षेत्रलाइ गुणस्तरीय बनाउन आग्रह गर्दे अन्य बिद्यालयहरुमा पनि यो कार्य चलाउन नगरपालीकालाइ अनुरोध गर्नुभयो । उहाँले ISO प्रमाणिकरणले विद्यालयको विश्वसनीयता, पारदर्शिता र सेवा गुणस्तरलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने विश्वास समेत व्यक्त गर्नुभयो । यो उपलब्धिले विद्यालयको शिक्षा प्रणाली, प्रशासन र गुणस्तर व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्रदान गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण प्राप्त गर्नु प्रशंसनीय उपलब्धि भएको बताउँदै ISO केवल लोगोमा सीमित नहुने गरी यसको व्यवहारिक कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ISO प्रमाणिकरण पाउनु ठूलो कुरा हो, तर त्यसलाई दैनिक शिक्षण,प्रशिक्षण, व्यवस्थापन र विद्यार्थी सेवामा व्यवहारमा उतार्न सके मात्रै यसको वास्तविक मूल्य हुन्छ । नगर प्रमुख श्रेष्ठले गुणस्तरीय शिक्षाले नै स्थानीय शैक्षिक क्षेत्रलाई सुदृढ बनाउने उल्लेख गर्दै नगरपालिकाले पनि गुणस्तर सुधारका पहलमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले यस प्रमाणिकरणले विद्यालयलाई शैक्षिक गुणस्तर, विद्यार्थी सेवा, प्रशासनिक दक्षता र समग्र व्यवस्थापनमा उच्च मानक पुरा गरेको बताउनुभयो । हामीलाई ISO लोगो प्राप्त भएकोमा अत्यन्त गर्व लागेको छ । यो उपलब्धिले हामीलाई गुणस्तर आधारित शिक्षा प्रदान गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाएको छ थापाको भनाइ छ ।

यो प्रमाणिकरण ISO शिक्षा व्यवस्थापन प्रणाली अनुसार प्राप्त गरिएको बिद्यालयका सहायक प्रिन्सिपल नारायण भुसालले बताउनुभयो । विद्यालयले शिक्षा सेवा प्रवाह, सिकाइ र पढाइको गुणस्तर, विद्यार्थीका भय, भर्ना तथा अभिभावक सन्तुष्टिमा अन्तर्राष्ट्रिय स्तरको मानक पुरा गरेको भुसालको भनाइ छ । यस मानक अनुरुप विद्यालयले आफ्ना शिक्षक–कर्मचारीहरुको क्षमता अभिवृद्धि, पाठ्यक्रम कार्यान्वयन तथा विद्यार्थी–अभिभावक सम्बन्ध व्यवस्थापनलाई व्यवस्थित बनाउँदै आएको उहाँको दाबि छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक,पत्रकार तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले विद्यालयले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु सम्पूर्ण सन्धिखर्क क्षेत्रकै लागि गर्वको विषय भएको प्रतिक्रिया दिएका छन् ।

ISO प्रमाणिकरणपछि विद्यालयले शिक्षक क्षमतावृद्धि, डिजिटल शिक्षण विस्तार तथा गुणस्तर मापदण्डको निरन्तर मूल्यांकन गर्दै अघि बढ्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसालको भनाइ छ । विद्यालयले स्थानिय शैक्षिक क्षेत्रलाई अझ उन्नत बनाउने लक्ष्यसहित गुणस्तर सुधारको निरन्तर प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता र सहायक प्रिन्सीपल नारायण भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद बेल्बासे,पिटिए अध्यक्ष कमल प्रसाद घिमिरे,पुर्ब पिटिए अध्यक्ष तुल्सी खनाल पत्रकार प्रेम नारायण आचार्यलगायतले शुभकामना मनतब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

वीर नेपाली : (लोकछन्द)


TOP