Trend
शुक्रबार , पुष २५, २०८२

श्याम घिमिरे
पुस २५, अर्घाखाँची

साहित्यकारद्वय नारायण खनाल निलम र डिल्लीराज घिमिरेका नयाँ कृतिहरू सार्वजनिक भएका छन् । नारायण खनाल निलमको ‘जिजीविषाको लय’ कविता संग्रह तथा डिल्लीराज घिमिरेको ‘भँगेरी’ गजल संग्रह प्रकाशनसँगै नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थपिएको साहित्यप्रेमीहरूको भनाइ छ ।

दुवै कृतिले समसामयिक चेतना, जीवन अनुभूति र साहित्यिक सौन्दर्यलाई सशक्त रूपमा प्रस्तुत गरेको बताइन्छ । कविता र गजल विधामार्फत समाज, जीवन र मानवीय संवेदनालाई गहिराइका साथ उजागर गर्न सफल यी कृतिहरूले पाठकको मन जित्ने विश्वास गरिएको छ ।

कृति प्रकाशन कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठानको आयोजनामा सुक्रवार सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता साहित्यिक कृतिहरूले जिल्लाको साहित्यिक पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षता कमलप्रसाद पोख्रेललेको स्वागत मन्तव्य र तिर्थराज आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा माधवराज चुदाँली, ध्रुव्रबहादुर खत्री र कल्पना मरासिनीले कृतिमाथि टिप्पणी गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कृति प्रकाशनसँगै साहित्यकारद्वय खनाल र घिमिरेलाई साहित्यिक क्षेत्रबाट हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरिएको छ । आगामी दिनहरूमा पनि उहाँहरूको सृजनाले नेपाली साहित्यलाई अझ समृद्ध बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

वीर नेपाली : (लोकछन्द)

साथी सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न


TOP