Trend
आइतबार , फागुण १७, २०८२

श्याम घिमिरे
पुस २५, अर्घाखाँची

साहित्यकारद्वय नारायण खनाल निलम र डिल्लीराज घिमिरेका नयाँ कृतिहरू सार्वजनिक भएका छन् । नारायण खनाल निलमको ‘जिजीविषाको लय’ कविता संग्रह तथा डिल्लीराज घिमिरेको ‘भँगेरी’ गजल संग्रह प्रकाशनसँगै नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थपिएको साहित्यप्रेमीहरूको भनाइ छ ।

दुवै कृतिले समसामयिक चेतना, जीवन अनुभूति र साहित्यिक सौन्दर्यलाई सशक्त रूपमा प्रस्तुत गरेको बताइन्छ । कविता र गजल विधामार्फत समाज, जीवन र मानवीय संवेदनालाई गहिराइका साथ उजागर गर्न सफल यी कृतिहरूले पाठकको मन जित्ने विश्वास गरिएको छ ।

कृति प्रकाशन कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठानको आयोजनामा सुक्रवार सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता साहित्यिक कृतिहरूले जिल्लाको साहित्यिक पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षता कमलप्रसाद पोख्रेललेको स्वागत मन्तव्य र तिर्थराज आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा माधवराज चुदाँली, ध्रुव्रबहादुर खत्री र कल्पना मरासिनीले कृतिमाथि टिप्पणी गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कृति प्रकाशनसँगै साहित्यकारद्वय खनाल र घिमिरेलाई साहित्यिक क्षेत्रबाट हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरिएको छ । आगामी दिनहरूमा पनि उहाँहरूको सृजनाले नेपाली साहित्यलाई अझ समृद्ध बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP