Trend

श्याम घिमिरे,
पुस २९ अर्घाखाँची –

जिल्लाको भुमिकास्थान नगरपालिका–३ ठुलाखर्कस्थित भित्री सडक खण्डमा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ करिब ५ बजेको समयमा लु २ ख ३३२८ नम्बरको टिप्पर गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अनियन्त्रित भई करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा टिप्पर चालक प्युठान जिल्ला निवासी अन्दाजी ५८ वर्षका कुशल रानाको ज्यान गएको प्रहरीले जनाएको छ । रानाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घाइते अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको भएपनि उपचारका क्रममा राति साढे ८ बजे मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP