Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
पुस २९ अर्घाखाँची –

जिल्लाको भुमिकास्थान नगरपालिका–३ ठुलाखर्कस्थित भित्री सडक खण्डमा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ करिब ५ बजेको समयमा लु २ ख ३३२८ नम्बरको टिप्पर गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अनियन्त्रित भई करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा टिप्पर चालक प्युठान जिल्ला निवासी अन्दाजी ५८ वर्षका कुशल रानाको ज्यान गएको प्रहरीले जनाएको छ । रानाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घाइते अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको भएपनि उपचारका क्रममा राति साढे ८ बजे मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP