सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे
माघ ६ अर्घाखाँची ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँची जिल्लामा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको मनोनयन दर्ता समयभित्र मंगलाव बिहान १० बजे देखि साँझ ५ बजेसम्म विभिन्न राजनीतिक दलबाट १२ जना र स्वतन्त्रबाट ३ जना गरी १५ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (एकल चिन्ह),मंगोल नेशनल अर्गनाइजेशन, आम जनता पार्टीलगायतका दलबाट उम्मेदवारी दर्ता भएको छ भने केही उम्मेदवार स्वतन्त्र रूपमा पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँची जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेका छन् । तीमध्ये पुरुष मतदाता ८७ हजार १ सय ५७ र महिला मतदाता ८४ हजार ४ सय ९५ जना रहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

                              मनोनयन दर्ता गराउने उम्मेदवारहरूको नामावली यस प्रकार रहेको छ ।

विष्णु प्रसाद खनाल मुस्कान – नेपाली कांग्रेस
पिताम्बर भुसाल – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
हरी प्रसाद भुसाल – राष्ट्रिय स्वतन्त्र पार्टी
राम बहादुर चौहान – नेपाली कम्युनिष्ट पार्टी
झविन्द्र फुल्लेल – राष्ट्रिय प्रजातन्त्र पार्टी
पशुपति नाथ ढकाल – राष्ट्रिय जनमोर्चा
पुष्कर नाथ आचार्य – प्रगतिशील लोकतान्त्रिक पार्टी
खिम बहादुर घर्ती मगर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
टुक बहादुर चेवाली – जनता समाजवादी पार्टी (एकल चिन्ह)
दुर्ग बहादुर भाट क्षेत्री – आम जनता पार्टी
सुर्य बहादुर गुरुङ – मंगोल नेशनल अर्गनाइजेशन
विष्णु बहादुर गाहा – नेशनल रिपब्लिक नेपाल
रवि शाह – स्वतन्त्र
हिमाल भुसाल – स्वतन्त्र
पम्फा श्रेष्ठ – स्वतन्त्र


Last Updated on: January 21st, 2026 at 11:38 am
५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया