Trend

२०८२ माघ ७ – लुम्बिनी प्रदेश सरकारले बसन्त पञ्चमी (श्रीपञ्चमी) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै वि.सं. २०८२ माघ ९ गते शुक्रबारका दिन सार्वजनिक बिदा हुने जानकारी दिएको हो । प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४ मा प्रकाशित सूचनाअनुसार बसन्त पञ्चमीका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा विद्यालयहरू बन्द रहनेछन् ।

प्रदेश सचिव लोक बहादुर सुनारद्वारा हस्ताक्षरित सूचनामा बसन्त पञ्चमीको सांस्कृतिक तथा धार्मिक महत्वलाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । बसन्त पञ्चमीलाई विद्या, कला र संगीतकी देवी सरस्वतीको पूजा गर्ने पर्वका रूपमा मनाइन्छ । यस दिन विशेषगरी विद्यार्थीहरूले सरस्वती पूजा गरी अक्षरारम्भ गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

एमाले महाधिवेशन : २ जनाको उम्मेदवारी खारेजी, १५ जनाले उम्मेदवारी फिर्ता लिए,११ जना केन्द्रीय सदस्य सर्वसम्मत, मतदान साँझ ७ बजेदेखि सुरु हुने

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP