प्रतीकात्मक तस्बिर
अर्घाखाँची टुडेडटकम
माघ १२ अर्घाखाँची –
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भूमिकास्थान नगर कमिटी, अर्घाखाँचीको आयोजनामा नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सोमवार भूमिकास्थानको पोखेडाँडामा सम्पन्न भएको छ । बैठकमा मन्तव्य राख्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालले आफू पार्टीमा इमान्दारपूर्वक काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताकै साथमा उभिएर सेवा गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले मतदाताको शिर उचो हुने र भोटको पूर्ण सम्मान हुनेगरी हरेक राजनीतिक कदममा अगाडि बढने स्पष्ट धारणा राख्नुभयो । भुसालले सांसदमा निर्वाचित भए पछि अर्घाखाँची जिल्लाका समग्र समस्या समाधानका लागि संघीय संसदमा प्रभावकारी नीति निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । जनताका हक–अधिकार सुनिश्चित गर्न नीति तथा कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने र विकास निर्माणका सवालमा दीर्घकालीन सोच सहित काम गर्ने भुसालको भनाइ छ ।

एमाले जिल्ला अध्यक्ष समेत रहनु भएका भुसालले राजनीतिलाई पेशा नभइ, सेवाभावका साथ अघि बढाउनुपर्ने अभियानको रूपमा व्याख्या गर्दै जनताको विश्वास, सहभागिता र साथबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्नुभयो । उहाँले राजनीति जनसेवाको माध्यम हुनुपर्नेमा जोड दिंदै इमानदार नेतृत्वले मात्रै जनताको मन जित्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
बैठकमा पार्टीका नेता–कार्यकर्ता, नगर कमिटीका पदाधीकारीहरु र जनवर्गीय संगठनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । नगरस्तरीय विस्तारित बैठकले संगठन सुदृढीकरण, निर्वाचन तयारी तथा जनसम्पर्क अभियानलाई अझ प्रभावकारी र व्यवस्थीत बनाउने संकल्प समेत व्यक्त गरेको पार्टी नगर इन्चार्ज बसन्ता पौडेलले बताउनु भयो । बैठक पार्टी नगरकमिटी अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, सचिब हरी बहादुर केसीको स्वागत मनतब्य र ईश्वरी मरासीनीको सञ्चालनमा सम्पन्न भएको पार्टी जिल्ला सदस्य रेशम थापाले जानकारी दिनुभयो ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन्धिखर्क नगर कमिटी, अर्घाखाँचीको आयोजनामा नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सोमवार सन्धिखर्कमा सम्पन्न भएको छ । पार्टी संगठनलाई थप मजबुत बनाउँदै आगामी निर्वाचनलाई जनताको पक्षमा निर्णायक बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा नेता, कार्यकर्ता, जनवर्गीय संगठन तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमले सन्धिखर्क क्षेत्रमा एमालेप्रति जनआस्था थप बलियो बनेको सन्देश दिएको पार्टीको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालले पार्टीमा इमान्दारिताका साथ काम गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि जनताकै साथमा रहेर सेवा गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो । भुसालले मतदाताको शिर उचो हुनेगरी, जनताको मतको सम्मान हुनेगरी हरेक राजनीतिक निर्णय लिइने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरिता भुसाल एमाले नेताहरू नरेन्द्र कुमार क्षेत्री, जनार्दन खनाल लगायतले मन्तव्य राख्दै पार्टीलाई अझ सशक्त बनाएर आगामी निर्वाचनमा विजय हासिल गर्न कार्यकर्ता पंक्ति एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो ।
बैठक संगठन विस्तार, चुनावी रणनीति र जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउने निर्णयसहित सम्पन्न भएको एमाले नगरकमिटी का.वा अध्यक्ष नारायण खड्काले जानाकारी दिनुभयो । कार्यक्रम सन्धिखर्क नगरकमिटी कावा अध्यक्ष खड्काको अध्यक्षता आशा परियारको स्वागत मनतब्य र तुल्सीराम रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो ।
अर्घाखाँचीमा नेपाली कांग्रेस , नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी ,नेपाल कम्युनिष्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी ,आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेशनल रिपब्लिक नेपाल र स्वतन्त्रबाट उमेदवार बनेकाहरुले जिल्लाका बिभिन्न स्थानमा चुवाबी कार्यक्रम र भेटघाटलाई तिब्रता दिइरहेका छन ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिएका उमेदवाहरु
विष्णु प्रसाद खनाल मुस्कान – नेपाली कांग्रेस
पिताम्बर भुसाल – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
हरी प्रसाद भुसाल – राष्ट्रिय स्वतन्त्र पार्टी
राम बहादुर चौहान – नेपाली कम्युनिष्ट पार्टी
झविन्द्र फुल्लेल – राष्ट्रिय प्रजातन्त्र पार्टी
पशुपति नाथ ढकाल – राष्ट्रिय जनमोर्चा
पुष्कर नाथ आचार्य – प्रगतिशील लोकतान्त्रिक पार्टी
खिम बहादुर घर्ती मगर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
टुक बहादुर चेवाली – जनता समाजवादी पार्टी (एकल चिन्ह)
दुर्ग बहादुर भाट क्षेत्री – आम जनता पार्टी
सुर्य बहादुर गुरुङ – मंगोल नेशनल अर्गनाइजेशन
विष्णु बहादुर गाहा – नेशनल रिपब्लिक नेपाल
रवि शाह – स्वतन्त्र
हिमाल भुसाल – स्वतन्त्र
पम्फा श्रेष्ठ – स्वतन्त्र








