Trend

श्याम घिमिरे
माघ १२, सन्धिखर्क —

अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिएको सातौँ अर्घाखाँची महोत्सवको आइतवार औपचारिक रूपमा समापन गरिएको छ । सन्धिखर्क नगरपालिका–१ स्थित कुडुलेफाँटमा आयोजना गरिएको महोत्सव विशेष कार्यक्रमका बीच समापन गरिएको हो । स्थानीय उत्पादनको प्रवद्र्धन, व्यापार–व्यवसायको विस्तार तथा कला–संस्कृतिको संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव गत पुस २७ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएको थियो ।

समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले यस्ता महोत्सवहरूले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले महोत्सवले जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुगेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश सदस्य सुकदेव बेल्वासे, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाललगायतका वक्ताहरूले महोत्सव सफलताका विषयमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालको स्वागत मन्तव्य र सचिव प्रेम थापा को सञ्चालनमा सम्पन्न भएको हो ।

महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति, विभिन्न व्यापारिक स्टलहरू, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनीले दर्शक तथा उपभोक्ताको उल्लेखनीय सहभागिता पाएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा ७० हजारभन्दा बढी दर्शकले अवलोकन गर्नुका साथै झन्डै ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे


TOP